विदेशी नागरिकको प्रवेश बढेपछि दक्षिण कोरियाको जनसंख्यामा वृद्धि
सियोल । ठूलो संख्यामा विदेशी नागरिकहरु प्रवेश गरेपछि सन् २०२३मा दक्षिण कोरियाको कुल जनसंख्या बढेको छ । सो वर्ष दक्षिण कोरियामा विदेशी नागरिकको प्रवेश दोहोरो अङ्कको वृद्धिदरमा बढेको थियो ।
दक्षिण कोरियाको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार सन् २०२३मा विदेशी नागारिक प्रवेशको वृद्धिदर करिब साढे १० प्रतिशत पुगेको छ ।
सन् २०२३ को जनगणनाअनुसार गतवर्षको नोभेम्बर १ मा कुल जनसङ्ख्या शून्य दशमलव दुई प्रतिशत अर्थात् ८२ हजार थपिएर पाँच करोड १७ लाख ७५ हजार पुगेको छ । कम्तीमा तीन महिना दक्षिण कोरिया बसेका विदेशी नागरिकको सङ्ख्या १० दशमलव चार प्रतिशतले बढेर १९ लाख ३५ हजार पुगेको छ ।
जनगणनाको तथ्याङ्कले कुल जनसंख्याको ९६ शमलव ३५ प्रतिशत रहेको स्वदेशी जनसंख्या ४९ दशमलव ८४ मिलियन रहेको देखाएको छ भने विदेशी जनसंख्या एक दशमलव ९४ मिलियन रहेको छ जुन कुल जनसंख्याको तीन दशमलव ७५ प्रतिशत हो ।
कोभिड–१९ को महामारीपछि सरकारले विदेशीका लागि कामका लागि भिसा कार्यक्रम विस्तार गरेपछि गतवर्ष दक्षिण कोरियामा धेरै विदेशी आएका थिए । गतवर्ष वृद्ध जनसङ्ख्याका कारण न्यून जन्मदर भएको र स्थानीय बासिन्दाको सङ्ख्यामा शून्य दशमलव दुई प्रतिशतले घटेर चार करोड ९८ लाख ३९ हजारमा झरेको थियो ।
आवासको उच्च मूल्य र हठी बेरोजगारीजस्ता आर्थिक कठिनाइका कारण युवा दम्पतीले बच्चा जन्माउन ढिला सुस्ती गर्ने वा बच्चा जन्माउन छोड्ने गरेका कारण दक्षिण कोरियाले लामो समयदेखि कम जन्मदरको समस्यासँग जुधिरहेको छ ।
सन् २०२३ मा १५ देखि ६४ वर्ष उमेर समूहका कामकाजी उमेर समूहको जनसङ्ख्या शून्य दशमलव चार प्रतिशतले घटेर तीन करोड ६५ लाख ४६ हजार मा झरेको छ र यो जुन कुल जनसङ्ख्याको ७० दशमलव छ प्रतिशत हो ।
सन् २०१८ देखि काम गर्ने उमेर समूहको जनसङ्ख्याको अनुपात निरन्तर घट्दै गएको छ । गत वर्ष ६५ वर्ष वा सोभन्दा माथिका वृद्धवृद्धाको सङ्ख्या पाँच दशमलव एक प्रतिशतले बढेर ९६ लाख नौ हजार पुगेको थियो भने १४ वर्ष वा सोभन्दा कम उमेरसमूहका वृद्धवृद्धा चार दशमलव एक प्रतिशतले घटेर ५६ लाख १९ हजारमा झरेका थिए ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया