अमेरिकी सर्वोच्च अदालतमा व्यापक सुधार गर्न बाइडेनको आह्वान
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो अन्तिम छ महिनाको सत्तामा छाप छाड्न साहसिक तर दीर्घकालीन कदमका रूपमा सोमबार रूढीवादी प्रभुत्वको सर्वोच्च अदालतमा सुधार गर्ने योजनाको अनावरण गरेका छन् ।
राष्ट्रपति निर्वाचनका लागि सम्भावित डेमोक्रेटिक उम्मेदवार एवं उपराष्ट्रपति कमला ह्यारिसद्वारा समर्थित प्रस्तावहरूमा बाइडेनले शीर्ष अदालतका लागि १८ वर्षको कार्यकालको सीमा र लागू गर्न योग्य आचारसंहिताको माग गरेका हुन् ।
रिपब्लिकन उम्मेदवार एवं पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रपति पदको उन्मुक्तिको दाबीलाई समर्थन गर्ने अदालतको हालैको फैसलालाई उल्ट्याउनका लागि ८१ वर्षीय बाइडेनले संवैधानिक संशोधनसमेत चाहेका छन् ।
सर्वाेच्च अदालतले गर्भपतनको राष्ट्रव्यापी अधिकार खारेज गर्ने र सर्वाेच्च अदालतका आजीवन नियुक्त न्यायाधीहरू समावेश गर्नेसम्बन्धी घोटालाजस्ता अदालतका निर्णयहरूको शृंखलापछि बाइडेनको यो कदम आएको हो ।
योजनाहरूले गहिरोरूपमा विभाजित अमेरिकी कांग्रेसमार्फत प्राप्त गर्ने करिब कुनै अपेक्षा छैन तर सन् २०२४ नोभेम्बरको निर्वाचनमा डेमोक्रेटिक मतदाताहरूलाई प्रेरित गर्न सक्छ ।
‘अहिले जे भइरहेको छ त्यो सामान्य छैन र यसले अदालतको फैसलाहरूमा जनताको विश्वासलाई कम गर्दछ जसमा व्यक्तिगत स्वतन्त्रतालाई प्रभावित गर्ने फैसला पनि समावेश छ’, वासिङ्टन पोस्टमा बाइडेनले राय दिँदै भने, ‘हामी अब उल्लंघनमा खडा छौँ ।’
बाइडेनले प्रस्तावले ‘संयुक्त राज्य अमेरिकाको राष्ट्रपति, सर्वाेच्च अदालतको न्यायाधीश र कोही पनि कानूनभन्दा माथि छैन’ भन्ने सिद्धान्तलाई प्रतिबिम्बित गर्ने बताएका छन् । ‘राष्ट्रपति बाइडेन र मैले कांग्रेसलाई महत्वपूर्ण सुधारहरूलाई पारित गर्न आह्वान गरिरहेका छौँ’, ह्यारिसले छुट्टै विज्ञप्तिमा भनिन्, ‘यो लोकप्रिय सुधारले अदालतमा विश्वास पुनःस्थापित गर्न, हाम्रो लोकतन्त्रलाई बलियो बनाउन र कोही पनि कानुनभन्दा माथि छैन भन्ने सुनिश्चित गर्न मद्दत गर्नेछ ।’ रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया