Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपाली कांग्रेस : सत्याग्रह र अहिंसा

नेपाली कांग्रेस : सत्याग्रह र अहिंसा


काठमाडौं । केही समयअघि नेपाली कांग्रेसले सत्याग्रहको उपयोग गरेको छ । सत्याग्रह र अहिंसा यो दुईटा शब्द भारतमा महात्मा गान्धीले धेरै प्रयोग र उपयोग गर्नुभयो । ब्रिटेनजस्तो शक्तिशाली शासकलाई नमक सत्याग्रह आन्दोलनले निद हराम गरेको थियो ।

आर्थिक दैनिकले सहकारीमाथिको भ्रष्टाचारविरुद्ध निकै ठूलो सत्याग्रह गरेको थियो । यो सत्याग्रहलाई सहन नसकेर एक जना सहकारीका नामुद भ्रष्टाचारी इच्छाराज तामाङ जेलमा छन् । सहकारी भ्रष्टाचारको समस्या संसद् हुँदै सरकारसम्म पुगेको छ । स्व विश्वेश्वरप्रसाद कोइरालाले सत्याग्रहका विषयमा खासै चर्चा गर्नुभएको छैन । क्रान्तिकारी समाजवादी भएकाले उहाँले क्रान्ति, हिंसा र अहिंसाका कुरा गर्नुभयो । सत्ता र शक्ति हिंस्रक भयो भने त्योसँग लड्न हिंसाको साहारा लिनुपर्छ । उहाँले एउटा प्रजनन् प्रक्रियाको उदाहरण दिने गर्नुहुन्थ्यो । आमाको गर्भबाट शिशु सजिलै जन्मिन सकेन भने डाक्टरले अप्रेसन गर्नुपर्छ । त्यसलाई हिंसा भनिन्नँ । प्रजातन्त्र प्राप्तिका लागि सशस्त्र बल भएको सत्ताधारीसँग सशस्त्र संघर्ष गर्नुपछि भन्ने गर्नुहुन्थ्यो । त्यसैको फलस्वरूप दुई पटक चितवनमा र एक पटक ओखलढुङ्गा र हवाई अपहरण पनि भयो । तर नेपालमा दलीय प्रजातन्त्रको स्थापना २०३६ सालको जनमत संग्रहलाई माक्र्सवादी कम्युनिस्ट र नक्सलाइट कम्युनिस्टले आ–आफ्नो पाराले उपयोग गरे । निलो, पहेँलो, दुवै रंगमा रंगिएका थिए ।

नेपाली कांग्रेसले जनमत संग्रहको परिणाम सहर्ष स्वीकार्यो । तर मनमोहनजीले धेरै दिनसम्म धाँधलीको आरोप लगाउनुभयो । जनमत संग्रहमा भाग लिनु नै ठूलो सफलताको कुरा हो । वीपी यसै भन्नुहुन्थ्यो । २०३६ सालको जनमत संग्रहपछि राजा वीरेन्द्रले निर्दल र बहुदल दुई वटा पार्टी घोषणा गरिदिएको भए आजसम्म नेपालमा दुई पार्टी सिस्टम स्थापित भइसक्ने थियो । माओवादीको आन्दोलन सायद हुने नै थिएन । राजसंस्थाका त्यत्रा सदस्य मारिने नै थिएनन्, राजा वीरेन्द्रको वंशनाश हुने नै थिएन । आजका च्याउजस्ता पार्टी उम्रने नै थिइनन् । ओलीको बोलीको गोली र प्रचण्डको राप र ताप नेपाली जनताले खप्नु पर्ने नै थिएन ।

संविधानसभाको चुनाव दुईपल्ट भयो । भूपू प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई रिङबाट स्वेच्छाले हो वा हिम्मत नभएर हो बाहिरिनुभयो । धन्न प्रधानन्यायाधीश खिलराज रेग्मीले आँट गरेर संविधानसभाको चुनाव गराउनुभयो । संविधान आएको धेरै भएको छैन । अभ्यास गर्ने क्रममा धेरै अप्ठ्यारा देखा परे । वकिलहरूको गुनासो न्यायाधीशहरूका गुनासा छरपस्ट भएका छन् । यो राम्रो लक्षण होइन ।

राज्यमा शक्ति सन्तुलनका तीनवटा अंग चाहिन्छन् भनेर राजनीतिशास्त्रका विद्वानहरूले आजभन्दा धेरै पहिले भनेका हुन् र हामी राजनीतिशास्त्र विषय लिएर विश्वविद्यालयमा त्यही पढेर डिग्री पनि लिएका हौँ । कार्यपालिका विधायिका र न्यायपालिका अहिलेको विश्वमा सञ्चार प्रविधि र विज्ञानले गर्दा यी तीनवटाले नपुग्ने रहेछ भनेर स्वतन्त्र प्रेस र मानव अधिकार पनि चाहिन्छ भनिएको हो । नेपालमा अलिअलि यो अभ्यास त भएको छ । तर यो अपूर्ण छ । यतातिर ध्यान गएको पाइन्नँ । ध्यान भने पैसा अनि पावर, पावर अनि पैसा यही चक्करमा जनता पिसिएका छन् । राजनीतिशास्त्रको परिभाषा नगरिएको पनि होइन । राजनीति शास्त्र हो कि ? विज्ञान हो ? भनेर धेरै बहस पनि भएका छन् । अन्तमा एउटा निष्कर्ष निकालियो यो दुवै हो । विज्ञान यस अर्थमा कि आफ्नो देशअनुसार यसलाई जनताको हितमा प्रयोग गर्नुपर्छ । विज्ञानझै प्रयोग गर्दै जानुपर्छ । कला यस अर्थमा यसलाई चलाउने कला चाहिन्छ । राजनीति सञ्चालन गर्ने कला भएन भने ओलीको बोलीजस्तै हुन्छ । नेपाल अहिले प्रचण्ड कम्युनिस्टको रापतापमा चलिरहेको छ । हिन्दी भाषामा आयाराम गयाराम भन्ने पाराको छ । सिद्धान्त र विवेक सेवा भन्ने शब्द हराए । त्याग, तपस्या, सेवा त कताकता पुगे । राजनेताका व्यवहार, बोली र काम कुनैमा चालमेल छैन । जे गरे पनि हुन्छ । जे बोले पनि हुन्छ भन्ने भएको छ । देशका नागरिक बस दुर्घटनामा परेर नमरेको दिन छैन । नठगिएको दिन त के ? क्षण छैन । महंगी मिसावट भ्रष्टाचार कमिसन, सरकारी काममा आलटाल खाली खोक्रा आश्वासन अब मूल सिद्धान्तमा जाऔँ, विधायिका अर्थात् संसद्ले कानुन बनाउने हो । कार्यपालिकामाथि राष्ट्रपछि प्रधानमन्त्री, सचिवदेखि पिउनसम्मले विधिअनुसार देश चलाउने हो । न्यायपालिकाले विधिअनुसार चलेको छ छैन भनेर हेर्ने वा निर्र्णय दिने हो । धेरै वर्षदेखि स्वतन्त्र प्रेसको कुरा आएको छ । प्रेस स्वतन्त्रता भएन भने आमजनताले सही सूचना पाउँदैनन् । सरकार बनाउने त जनताले नै हो । जनताकै नाममा ऋण सहायता, सहयोग आउने हो । नेता पनि जनताकै सेवक हो । विकास पनि जनताका लागि नै हो । तर भएको छ, सबै उल्टो जनताका नाममा ठगी खाने धन्दा पेस अर्थात् सूचना समाचार, पत्रकारको प्रोटोकल सहकारी ढुकुटीबाट तलबभत्ता सुविधा खाने नेता र कर्मचारीभन्दामाथि हुनुपर्छ । हाम्रो पूर्व गृहमन्त्रीले पुलिस पठाएर पत्रकारलाई अफिसबाटै लगेका थिए । त्यो पनि पत्रकारिताबाटै करियर बनाएर आएको गृहमन्त्रीले । मानव अधिकार पनि राज्यको अंगका रूपमा नै रहनुपर्छ भन्ने मान्यता आएको छ । नेपालको सन्दर्भमा अलिअलि भए पनि जनताले अन्याय भोग्नु नपरोस् भन्ने हो । चुस्त दुरुस्त, सक्षम र प्रभावशाली न्यायपालिका भए यसको आवश्यक नपर्ला, वातावरणको कुरा आएको छ । वातावरण बिगार्ने, अप्रत्यक्ष र प्रत्यक्षरूपमा कर्मचारीले नै गर्छन् । यो कार्यपालिका भ्रष्टाचारी नभए पुग्छ । संसारका मुलुकबाट राम्रा कुरा सिक्ने हो । तर आफ्नो मौलिकतालाई मासेर होइन । नेपालले नकुल गर्ने त सिक्यो । तर आफ्नो मौलिकता मासेर एसियाकै दुईटा मुलुकका उदाहरण पर्याप्त छन् । जापान र थाइल्यान्डमा राजतन्त्र छ । विकास पनि छ र कडा अनुशासन पनि छ । थाइल्यान्डमा राजतन्त्र छ । विकास छ पर्यटन छ । पर्यटक ढुक्कले घुम्न खान बस्न सक्छन् । सम्मान पाउँछन् । नेपालमा के छ ? नेपालमा के छैन ? सगरमाथा छ, पशुपतिनाथ छन्, भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी छ । अनेक हिमशिखर छन् । अनेक तीर्थस्थल छन् । सीताको जन्मस्थान जनकपुर पनि छ । तर यो देशमा २०४६ को जनआन्दोलनपछि शान्ति र सुख बसैलाई छैन । राजनीति नित्तान्त छलकपट र ठगीखाने भाँडो भएको छ । काम कुरो कम हल्ला बढी ।

राजनीतिक पार्टीका सिद्धान्त, आर्दश, त्याग, बलिदान कता कुन दुनामा थुप्रिएका छन्, थाहा छैन । हरेक दिन मान्छे, नमरेको दिन हुँदैन । त्यो पनि सडक दुर्घटनामा बालबालिका बिक्री गर्ने, चेलीबेटी बेच्ने, किड्नी बेच्ने, गैँडाका खाग बेच्ने आदिको हालीमुहाली छ । खोला बेच्ने, बगरका ढुंगाबालुवा बेच्ने, जंगल बेच्ने के भन्ने ? कति भन्ने ? यी माथिका सारा समस्याहरूको चर्चापछि आफूले बुझेका र जानेका समाधान पनि चर्चा नगरे त यो लेखको अर्थ नै रहेन । २०१५ सालको आमचुनावमा भाग लिएका जेष्ठ नागरिकहरू केही त बाँचेकै हुनुहुन्छ । कस्ता–कस्ता राजनीतिक दल र कार्यकर्ता चुनाव लडेका थिए । त्यसैबेला दलीय राजनीतिले आफ्नो चरित्र देखाएको थियो । त्यो नेपालीले भुले ।

२०४६ को जनआन्दोलनपछि कम्युनिस्टले बोकाको टाउको देखाएर खसिको मासु बेच्ने भनेर गिज्याउने संसद्लाई भरपूर उपयोग र दुरूपयोग गरे । अझै कति नौटङ्की गर्ने हुन् थाहा छैन । यो संविधानलाई संशोधन गर्ने बेला आयो । नेपाललाई पाँच प्रदेश र पचास जिल्ला बनाएर नगरपालिका र गाउँपालिकालाई सबल बनाउने बेला आयो । नत्र भने देशले घुँडा टेक्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x