दुई वर्षदेखि थन्किएको रेडियो थेरापी मेसिन प्रयोगमा
दोलखा । पछिल्लो समय क्यान्सर रोगका बिरामी वृद्धि भएसँगै भक्तपुर क्यान्सर अस्पतालले दुई वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको रेडियोथेरापी मेसिन प्रयोगमा ल्याएको छ । यसअघि अस्पतालले एउटा मेसिनबाट मात्रै क्यान्सर पीडित बिरामीको रेडियो थेरापी गर्दै आएको थियो ।
बिरामीको चाप बढेपछि अस्पतालले यत्तिकै थन्किएर बसेको रेडियोथेरापी मेसिनलाई आन्तरिक स्रोत जुटाएर प्रयोगमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा उज्वल चालिसेले जानकारी दिए । डा चालिसे नेतृत्वको प्रशासन तथा चिकित्सक टोलीले सो मेसिन प्रयोगमा ल्याएको हो । उक्त रेडियो थेरापी मेसिन भारत सरकारले दुई वर्षअघि अनुदानमा उपलब्ध गराएको थियो । तर तत्कालीन भक्तपुर अस्पतालको प्रशासनले स्रोत अभाव देखाएर प्रयोग ल्याउन सकेको थिएन । प्रमुख चालिसे अस्पतालको निमित्त कार्यकारी निर्देशक बनेर अस्पतालमा आएसँगै उनले सो थेरापी मेसिन सञ्चालनमा ल्याएका हुन् । अस्पतालले साउन पहिलो सातादेखि सो मेसिन सञ्चालनमा ल्याएको थियो । उक्त मेसिनबाट हालसम्म एक दर्जन बढी क्यान्सर रोगीको निःशुल्क थेरापी गरेको अस्पतालका कार्यकारी निर्देशक डा चालिसेले बताए । सो मेसिनबाट अतिविपन्न र गरिबहरूको विनाशुल्क सेवा दिइरहेको उनले बताए ।
पुरानो एक मात्रै रेडियोथेरापी मेसिन हुँदा रेडियो थेरापी रेडिएसनको लागि अस्पतालमा आउने बिरामी चाप धान्न र पालो दिन महिनौँसम्म कुर्नुपर्ने बाध्यता थियो । यसलाई रोक्न तथा केमो लिएर क्यान्सर उपचार गरिरहेका बिरामीलाई समयमै रेडियो थेरापीको सेवा उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यले थन्किएको मेसिन प्रयोग ल्याएको डा चालिसेले बताए । भक्तपुर क्यान्सर अस्पतालमा दैनिक दुईदेखि चार सय हाराहारीमा क्यान्सर पीडित बिरामी आउने गर्छन् । डा चालिसे भन्छन्, ‘पछिल्लो वर्षहरू अत्यधिकरूपमा क्यान्सर रोगी वृद्धि हुँदै गएका छन् । भौतिक संरचना अभाव तथा बेड अभावले बिरामीलाई चाँडै सेवा दिन असहज भइरहेको छ ।’
एक सय बेड क्षमताको अस्पताल भए पनि दैनिक दुई सयभन्दामाथि बिरामी आउने गरेको उनले बताए । बेड अभावका कारण कतिपय बिरामीले पालो कुर्नुपर्ने बाध्यता रहेको छ । अस्पताल व्यवस्थापन समितिसँग भौतिक संरचना निर्माण तथा वेड थपको विषयमा छलफल भइरहेको उनले बताए । ‘देशभरबाट क्यान्सर उपचारको लागि बिरामी आउने गर्छन्, स्रोतसाधन सीमित छ । अस्पताल देखिएको समस्या गर्न सके यहाँको उपचार प्रणालीलाई अझै उत्कृष्ट बनाउन सकिन्छ’, उनले भने । यहाँ भारत पुगेका बिरामी पनि सर्वसुलभ र भरपर्दो क्यान्सरको उपचार हुने हुँदा फर्केर आउने गरेको चालिसेले सुनाए । अस्पतालले क्यान्सर बिरामीहरूको उपचार र रोकथामका लागि नयाँ प्रविधि भित्र्याउने तयारी पनि गरेको छ । अस्पतालको भौतिक संरचना पुरानो र अभाव झेलिए पनि भएका स्रोतसाधनको प्रयोग गरेर उत्कृष्ट सेवा दिइरहेको निर्देशक डा चालिसे बताउँछन् ।
उनका अनुसार सबै खालका क्यान्सर बिरामीहरूको उपचार अस्पतालबाट हुँदै आएको छ । अस्पतालले क्यान्सरको शल्यक्रिया, रेडियोथेरापी, केमोथेरापी, प्यालिएटिभ केयर, डे–केयर र बच्चाको क्यान्सर सेवा दक्ष चिकित्सक र स्वास्थ्यकर्मीबाट प्रदान गर्दै आइरहेको जनाएको छ ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली, बागमती प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया