Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबङ्गलादेश प्रदर्शनमा अत्यधिक बल प्रयोग गरेकोमा ईयूको चिन्ता

बङ्गलादेश प्रदर्शनमा अत्यधिक बल प्रयोग गरेकोमा ईयूको चिन्ता


ब्रसेल्स, बेल्जियम । कम्तीमा दुई दशमलव छ जनाको ज्यान जाने गरी भएको हिंसापछि युरोपेली संघ (ईयू)का विदेश नीति प्रमुख जोसेप बोरेलले मंगलबार बङ्गलादेशमा प्रदर्शनकारीहरूविरुद्ध ‘अत्यधिक’ बल प्रयोगको निन्दा गर्नुभएको छ ।

यस महिना सरकारी सेवामा आरक्षण प्रणालीको विरोधमा भएको विद्यार्थीहरूको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो । प्रहरी र अस्पतालको तथ्याङ्कअनुसार घटनामा प्रहरी अधिकारीहरूको पनि ज्यान गएको थियो ।

बोरेलले बङ्गलादेशको हिंसाले निम्त्याएको मृत्यु, यातना, सामूहिक गिरफ्तारी र सम्पत्तिको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेका छन । उनले अनुसन्धान गर्न र जिम्मेवारलाई न्यायको कठघरामा ल्याउन आह्वान गरेका छन् ।

‘कानुन प्रवर्तन अधिकारीहरू प्रदर्शनकारी र अन्यविरुद्ध अत्यधिक र घातक बल प्रयोग गरेको थुप्रै उदाहरणका लागि पूर्ण जवाफदेही हुनुपर्छ’, उनले एक विज्ञप्तिमार्फत भने । ‘हामी यस सङ्कटको समयमा जिम्मेवार अधिकारीको कार्यहरू नजिकबाट पछ्याइरहेका छौँ । ईयू–बङ्गलादेश सम्बन्धको आधारभूत कुरालाई ध्यानमा राख्दै सबै मानव अधिकारको पूर्ण सम्मान हुने अपेक्षा गर्दछौँ’, उनले बताए ।

प्रधानमन्त्री शेख हसिनाको १५ वर्षको कार्यकालमा भएको यो सबैभन्दा घातक झडप हो तर उनको सरकारले व्यापक विरोधविरुद्ध गिरफ्तारी, सेना परिचालन र राष्ट्रव्यापी इन्टरनेट कटौतीजस्ता विभिन्न तरिका अपनाएर व्यवस्था पुनस्र्थापित गरेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x