Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारईयूद्वारा नवीकरणीय हाइड्रोजन सब्सिडी योजना अनुमोदन

ईयूद्वारा नवीकरणीय हाइड्रोजन सब्सिडी योजना अनुमोदन


ब्रसेल्स । युरोपेली आयोगले नेदरल्यान्ड्सको इलेक्ट्रोलाइसिस क्षमता बढाउने र नवीकरणीय हाइड्रोजनको उत्पादनलाई समर्थन गर्ने उद्देश्यले ९९ करोड ८० लाख यूरो (एक अर्ब अमेरिकी डलर) डच अनुदान योजना स्वीकृत गरेको घोषणा गरेको छ ।

यो पहल ब्रसेल्सको हरित एजेन्डासँग राम्रोसँग मिल्दोजुल्दो रहेको आयोगले एक प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । यसले युरोपेली संघ (ईयू) हाइड्रोजन रणनीति र युरोपेली हरित सम्झौताको उद्देश्यअनुसार नवीकरणीय हाइड्रोजनको विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।

उक्त अनुदान योजनाले नेदरल्यान्डमा कम्तीमा दुई सय मेगावाट इलेक्ट्रोलाइसिस क्षमताको निर्माणलाई सहयोग गर्नेछ । यो योजनाले नेदरल्यान्ड्सलाई सन् २०२५ सम्ममा पाँच सय मेगावाटको इलेक्ट्रोलाइजर क्षमता र सन् २०३० सम्ममा तीनदेखि चार गिगावाटको लक्ष्य हासिल गर्न मद्दत गर्ने जनाएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x