क्वारेन्टाइनमा बस्नेको संख्या घट्या, कोरोना संक्रमित दश हजार सात सय
काठमाडौं, असार ११
नेपालमा क्वारेन्टाइनमा बस्नेहरुको संख्या घट्दै गएको छ । सरकारले पीसीआर परीक्षण गर्दै कोरोना नदेखिएकाहरुलाई घर पठाउन थालेपछि क्वारेन्टाइनमा बस्नेहरुको संख्या घटेको हो । बधुबार मात्रै सरकारले छ हजार आठ सय २८ जनाको कोरोना परीक्षण गरेको छ । यो क्रम दैनिक बढ्दै छ ।
विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्दै परीक्षण गर्ने काम सरकारले गरिरहेको छ । भारतबाट आउनेको संख्या घटेको कारण क्वारेन्टाइनमा रहनेको संख्या पनि घट्दै गएको हो । मंगलबार ८५ हजार आठ सय १३ जना क्वारेन्टाइनमा रहेकामा बुधबार त्यो संख्या घटेर ७८ हजार छ सय ३९ मा झरेको हो ।
पहिला दैनिक २५ हजार नेपालीहरु भारतबाट नेपाल भित्रिने गरेकामा अहिले दैनिक २५ सय पनि छैन । त्यही कारण क्वारेन्टाइनमा बस्नेको संख्या घट्दै गएको हो । सरकारले क्वारेन्टाइनमा बस्नेको परीक्षणलाई तीव्रता दिएको छ । सरकारले क्वारेन्टाइनमा रहेका ७८ हजार छ सय ३९ जनाको तत्काल कोरोना परीक्षण गर्ने भएको छ । क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण सकिएपछि मात्र थप अन्यमा तीव्रता दिने योजना सरकारको छ ।
बुधबार गरिएको परीक्षणमा थप छ सय २९ जनामा कोरोना देखिएको छ । सरकारी तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश नम्बर ५, कर्णाली प्रदेश र प्रदेश नम्बर २ मा धेरै व्यक्तिहरु क्वारेन्टाइनमा छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५ सय १९ पुरुष र १ सय १० महिला गरी कुल ६ सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै सङ्क्रमितको सङ्ख्या १० हजार ७ सय २८ पुगेको छ । तीमध्ये एक हजार ९४ महिला र नौ हजार ६ सय ३४ पुरुष छन् ।
प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १ सय १४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । तीमध्ये आठ महिला र १ सय ६ पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको सङ्ख्या दुई हजार १ सय २४ पुगेको छ । तीमध्ये दुई हजार ३५ पुरुष र १ सय ८९ महिला छन् । डिस्चार्ज हुनेमा जलेश्वर अस्पताल महोत्तरीबाट एक महिला र १८ पुरुष, कोभिड–१९ अस्पताल सपही जनकपुरबाट २० पुरुष, सिन्धुली अस्पताल सिन्धुलीबाट तीन पुरुष रहेका छन् । यस्तै चितवनस्थित भरतपुर अस्पतालबाट नवलपरासी (पूर्व)का एक पुरुष र नवलपरासी (पश्चिम)का दुई पुरुष, चितवनका पाँच महिला र १३ पुरुष, कपिलवस्तुका एक महिला रहेका छन् ।
यसैगरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका चार पुरुष, मोरङका १८ पुरुष, सुनसरीका एक महिला र चार पुरुष तथा तेह्रथुमका एक पुरुष रहेका छन् । डिस्चार्ज हुनेमा दमौली अस्पताल तनहुँका एक पुरुष, धौलागिरि अस्पतला बाग्लुङका चार पुरुष, गोरखा अस्पताल गोरखाबाट एक पुरुष, जिपी कोइराला शुक्लागण्डकीबाट छ पुरुष र कालिका अस्पताल स्याङ्जाबाट १० पुरुष रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार अहिलेसम्म दुई हजार ३ सय ३८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । तीमध्ये १ सय ९७ महिला र दुई हजार १ सय ४१ पुरुष छन् । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट छ हजार ८ सय २८ जनाको परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट पछिल्लो २४ घन्टामा १२ हजार ११२ जनाको परीक्षण भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी
- प्रादेशिक अस्पताल जलेश्वरका चिकित्सकद्वारा हडताल
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
- बाघको आक्रमणबाट एकजनाको मृत्यु
- पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम
- देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- युरोपेली केन्द्रीय बैंकले फेरि ब्याजदर कटौती गर्यो
- आरबीआईद्वारा चार गैरबैंकिङ वित्त कम्पनीलाई ऋण दिन प्रतिबन्ध
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया