Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतीय धितोपत्र बजारमा एआईको प्रयोग

भारतीय धितोपत्र बजारमा एआईको प्रयोग


नयाँदिल्ली । भारतीय सेयरबजारमा एआई च्याटबुट सञ्चालनमा आएको छ । नियामक निकाय सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) एआई च्याटबट सञ्चालनमा ल्याएको हो । यससँगै अब सेयरबजारसँग सम्बन्धित प्रश्नहरुको जवाफ एआईले दिनेछ । च्याटबटले बिटा संस्करणमा स्रोत खुलाएर उत्तर दिने बताइएको छ ।

च्याटबटले लिखित शब्दलाई अडियोमा र अडियोलाई लिखित शब्दमा पनि उल्था गरेर उत्तर दिनेछ । सेबीले च्याटबटमा थप नयाँ फिचरहरु थपिँदै जाने पनि बताएको छ ।

सेबीले विज्ञप्ति जारी गर्दै सेयरबजारका लगानीकर्ताको हित संरक्षण गर्नका लागि एआई च्याटबट तयार पारिएको जनाएको छ । यो च्याटबटले धितोपत्र बजारसँग सम्बन्धित हरेक किसिमका प्रश्नहरुको जावाफ दिनसक्ने दाबी सेबीको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x