काठमाडौं न्युरोडमा प्रोमेट मेला
काठमाडौं । अत्याधुनिक उपकरणको अग्रणी ब्रान्ड प्रोमेटले काठमाडौंमा प्राविधिक कार्यक्रम प्रोमेट मेला २०२४ आयोजना गर्ने भएको छ । बिहीबार हुने यो एकदिने कार्यक्रमले विशेष अफर र छुटहरूमा फाइदा उठाउन चाहने धेरै प्राविधिक उत्साहीहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
प्रोमेटले उत्कृष्ट एक्सचेन्ज अफर र छुटजस्ता विशेष योजनाहरू सञ्चालन गर्ने जनाइएको छ । कार्यक्रम काठमाडौंको न्युरोडमा रहेको हुकुट स्टोरमा बिहीबार बिहान १० बजेबाट सुरु हुनेछ । कार्यक्रमको विशेष आकर्षण पुराना इयरबड्ससँग प्रोमेट लिमा इयरबड्स साट्ने रहेको छ, यसमा विभिन्न प्रोमोटका उत्पादन लाइनहरूमा ५० प्रतिशतसम्मको विशेष छुटहरू पनि रहेका छन् । यो कार्यक्रमले धेरै टेकपे्रमीहरूको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ । यो कार्यक्रमले व्यस्त गतिविधि र ग्राहक उत्साहको मिडिया कभरेजको लागि उत्कृष्ट अवसर प्रदान गर्नेछ ।
कम्पनीका अनुसार यो विशेष अफरमा प्रोमेटले ग्राहकहरूलाई आफ्नो पुराना इयरबड्सहरू एक्सचेन्ज गरी प्रोमेट लिमा इयरवड्स प्राप्त गर्ने मौका दिनेछ । सामान्यतया चार हजार नौ सय ९९ रुपैयाँमा बिक्री हुने इयरबड्सहरू यो मेलामा मात्र एक हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध हुनेछन् । यस्तै, यो मेलाको बिक्रीको अर्को आकर्षण भनेको प्रोमेट चार्जिङ सेट हो, जुन सामान्यतया तीन हजार पाँच सय रुपैयाँमा बिक्री हुने सेट मात्र एक हजार पाँच सय रुपैयाँमा उपलब्ध हुनेछ । यो छुट आफ्नो चार्जिङ समाधानहरू अपग्रेड गर्न चाहने उपभोक्ताहरूका लागि विशेषरूपमा लोकप्रिय हुने अपेक्षा गरिएको छ ।
यसैगरी प्रोमेटले आफ्नो उत्पादनहरूको विस्तृत श्रृङ्खलामा ५० प्रतिशत छुट दिनेछ, यसमा पावर बैंकहरू, ब्लुटुथ स्पिकरहरू, फोन केसहरू र स्मार्टवाचहरू समावेश छन् । यो विशेष छुटले किफायती मूल्यमा आफ्नो प्राविधिक उपकरणहरू अपग्रेड गर्न चाहने धेरै ग्राहकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया