मिस युनिभर्स नेपाल २०२४ को शीर्ष ३५ छनौट
काठमाडौं । मिस युनिभर्स नेपाल २०२४ को शीर्ष ३५ प्रतिस्पर्धीको छनौट गरिएको छ । हिल्टन काठमाडौंमा सोमबार आयोजित अडिसनमा प्रिलिमिनरी राउन्डबाट छानिएका ६० जनामध्ये ३५ जनालाई अन्तिम प्रतिस्पर्धाको लागि छनोट गरिएको हो ।
अडिसनको निर्णायक मण्डलमा गायिका इन्दिरा जोशी, मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेल र कोरियोग्राफर दिक्पाल कार्की रहेका थिए । त्यस्तै, मिस युनिभर्स नेपालका नेसनल डिरेक्टर संगीता पुरी र आयोजक ग्लोबल ग्ल्यामर भेन्चरका सीईओ एवम् प्रेसिडेन्ट सबी पुरीले निर्णायकको रूपमा अडिसन लिएका थिए । अडिसनमा अन्तर्राष्ट्रिय इमेज कन्सल्ट्यान्ट एवं पेजेन्ट कोच एलेक्जेन्डर गोन्जालेज र पेजन्ट एनलिस्ट लुइस पोर्तेलिसले भने अनलाइनमार्फत सहभागिता जनाएका थिए । अडिसनमा ट्रान्सजेन्डर, विवाहित, गैरनेपाली महिलाहरूलगायत डाक्टर, इन्जिनियर, पाइलटजस्ता विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको उत्साहजनक र समावेशी सहभागिता रहेको थियो । फिजिकल अडिसनमा उपस्थित हुन नसकेका केही गैरनेपाली महिलाहरूको भने अनलाइनमार्फत अडिसनमा लिइने आयोजकले जानकारी दिएको छ ।
अडिसनमार्फत छनोट भएका शीर्ष ३५ प्रतिस्पर्धीको नतिजा तीन दिनपश्चात मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक सामाजिक सन्जालमार्फत सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ । अडिसनमार्फत छनोट भएका शीर्ष ३५ प्रतिस्पर्धीहरूले फिनालेको लागि प्रशिक्षण तयारीमा भाग लिनेछन् । उनीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट व्यक्तित्व विकास, वाककला, पब्लिक स्पिकिङ, आर्थिक व्यवस्थापनलगायत विभिन्न जीवनोपयोगी सिपहरू सिकाइनेछ । मिस युनिभर्स नेपाल २०२४ को ग्रान्ड फिनाले आगामी सेप्टेम्बरको पहिलो हप्ता हुँदैछ । विजेताले नोभेम्बरमा मेक्सिकोमा हुने मिस युनिभर्स २०२४ को लागि एक सय देशका प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्नेछिन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया