असुसको एआई ल्यापटप नेपाली बजारमा
काठमाडौं । असुसले नेपाली बजारमा एआई ल्यापटप सार्वजनिक गरेको छ । गेमिङ ल्यापटपको दुनियाँमा राम्रो नाम कमाएको असुसले नेपाली बजारलाई लक्षित गर्दै एआई ल्यापटप भिभोबुक एस १५ सार्वजनिक गरेको हो ।
नेपालका लागि असुसको आधिकारिक वितरक नागमणि इन्टरनेसनलले एक कार्यक्रमका बीच उक्त ल्यापटप सार्वजनिक गरेको हो । तीन वटा प्रोसेसरसहित असुसको एआई ल्यापटप सार्वजनिक भएको कार्यक्रममा नागमणि इन्टरनेसनलका निर्देशक अमित सराफले जानकारी दिए । उनका अनुसार असुस भिभोबुक एस १५ मा १२ कोर भएको आर्ममा आधारित क्वालकमको स्न्याड्रयागन एक्स ईलाइट प्रोसेसर प्रयोग गरिएको छ, जुन एप्पलको एम थ्री चिपभन्दा पनि फास्ट रहेको छ । यसमा क्वालकमको ओरेन सीपीयु र हेक्जागन एनपीयु (न्युरल प्रोसेसिङ युनिट) पनि रहेको छ । एआई सुविधायुक्तले सीपीयु र जीपीयुलाई फ्रि गर्नेछ, जसले गर्दा एकै पटक धेरै काम गर्न सक्छ । विन्डोज ११ अपरेटिङ सिस्टम रहेको यसमा १६ जीवी ¥याम र एक टीभी एसएसपी स्टोरेज रहेको छ । ल्यापटपको ¥यामलाई आवश्यकताअनुसार ३२ जीबीसम्म बढाउने सकिने छ ।
ल्यापटपले १८ घण्टासम्म ब्याट्रीब्याक अप दिने कम्पनीले जानकारी दिएको छ । यसमा आरजीबी किबोर्ड समेत राखिएको छ । असुस भिभोबुक एस १५ मा युएसबी, एचडीएमआई, बाइफाई ७, अडियो ज्याक, माइक्रो एसडी कार्ड रिडरलगायत सुविधा समेत रहेको कम्पनीले जानकारी दिएको छ । असुस भिभोबुक एस १५ को मूल्य दुई लाख नौ हजार नौ सय रुपैयाँ रहेको छ भने उक्त ल्यापटपको दुई वर्षको वारेन्टी अनि एक्सिडेन्ट ड्यामेज प्रोडेक्ट सेवा समेत रहेको छ । सो सुविधामार्फत ग्राहकले पहिलो वर्ष फिजिकल ड्यामेजको मर्मत शुल्कको ८० प्रतिशतसम्म छुट पाउन सक्नेछन् । यो सुविधा भने नेपालमा खरिद गरिएका ल्यापटपमा मात्र भएको समेत कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार उक्त ल्यापटपमा विभिन्न अन्य सुविधा समेत रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया