बैंकिङ प्रणालीमा अधिक तरलता मौद्रिक उपकरण बिक्री गरेर फेरि तानियो ४० अर्ब
बैंक तथा वित्तीय संस्थाहरूमा हालसम्म सङ्कलन भएको कुल निक्षेप रकम ६४ खर्ब ३० अर्ब रूपैयाँ पुगेको छ । यस अवधिमा कुल कर्जा रकम ४५ खर्ब ५० अर्ब रूपैयाँ छ । बैंकहरूले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतको सीमाभित्र रहेर कर्जा प्रवाह गर्न पाउँछन् । अहिले यस्तो अनुुपात ७८ दशमलव ५४ प्रतिशत छ । अहिलेको निक्षेपअनुसार ५७ खर्ब ८७ अर्ब रूपैयाँ कर्जा प्रवाह गर्न मिल्ने रकम हो । यस आधारमा बैंक तथा वित्तीय संस्थासँग अझै छ खर्ब ४३ अर्ब रूपैयाँको हाराहारीमा लगानीयोग्य रकम छ ।
दुई वर्षअघि वित्तीय प्रणालीमा तरलता अभाव थियो । उच्च आयातको कारण विदेशी मुद्रा सञ्चिति पनि कम हुँदै गएको थियो । अर्कोतर्फ मुद्रास्फीति पनि उच्च हुँदै गयो । त्यस समस्यालाई समाधान गर्न केन्द्रीय बैंकले आयात निरुत्साहित गर्ने नीति लियो र कर्जा प्रवाहमा कडाइ ग¥यो । माग पक्ष कमजोर बनाएर अर्थतन्त्र ट्र्याकमा ल्याउन ब्याजदर बढाउने नीति लिइयो । त्यसको असरले बजार सङ्कुचित हुनगयो । ब्याजदर बढाउँदा माग पक्ष कमजोर भयो र आयात निरुत्साहित भयो । बजारमा वस्तुको माग नै कम भएपछि उद्योगी व्यवसायीले उत्पादन घटाए, आयात खुम्चियो । बाह्य क्षेत्र ठीक ठाउँमा आयो । महँगो ब्याजदर भएकाले बैंकमा निक्षेप राखेर ब्याज खाने बढे । अहिले बैंकहरूले ब्याजदर घटाएका छन् । तर, उपभोगमा वृद्धि हुन सकिरहेको छैन यसले गर्दा बजारमा माग पक्ष अझै पनि कमजोर छ । माग पक्ष कमजोर भएपछि उद्योगीहरूले बैंकबाट ऋण लिएर उत्पादन बढाउन सकिरहेका छैनन् । यही कारण बैंकमा लगानीयोग्य रकम थुप्रिँदै गएको छ ।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार सीडी रेसियो ७८ दशमलव ५४ प्रतिशत छ । बैंकिङ प्रणालीमा भएको कुल निक्षेप रकममध्ये वाणिज्य बैंकहरूसँग मात्रै ५७ खर्ब रूपैयाँ निक्षेप रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरूसँग सात खर्ब ३१ अर्ब रूपैयाँ निक्षेप रहेको छ । यस अवधिमा वाणिज्य बैंकहरूले ४५ खर्ब ५० अर्ब रूपैयाँ, विकास बैंक र फाइनान्स कम्पनीहरूले पाँच खर्ब ९२ अर्ब रूपैयाँकर्जा प्रवाह गरेका छन् ।
बैंकिङ प्रणालीमा भएको अधिक तरलतालाई नियन्त्रणमा राख्न राष्ट्र बैंकले विभिन्न समयमा निक्षेप सङ्कलन गर्दै आएको छ । बैंक तथा वित्तीय संस्थाले पनि अल्पकालीन अवधिको स्थायी निक्षेप सुविधा (एसडीएफ) प्रयोग गरिरहेका छन् । केन्द्रीय बैंकले साउन १६ गते बुधबार एकैदिन ४० अर्ब रूपैयाँ वित्तीय प्रणालीबाट तानेको छ । निक्षेप सङ्कलन बोलकबोलमार्फत सो रकम प्रशोचन गरेको हो । परिपक्व हुने अवधिमा २१ दिन अर्थात् भदौ पाँच गते तोकिएको यो निक्षेप उपकरण वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले खरिद गरेका हुन् । यसअघि पनि साउन २ गते केन्द्रीय बैंकले २१ दिनका लागि ५० अर्ब रूपैयाँ तानेको थियो । साउन नौ गते पुन २१ दिनको अवधि तोकेर ४० अर्ब रूपैयाँ वित्तीय प्रणालीबाट तानेको थियो । चालू आर्थिक वर्ष लागेपछि मात्रै केन्द्रीय बैंकले वित्तीय प्रणालीबाट झण्डै पाँच खर्ब रूपैयाँ तरलता व्यवस्थापन गरेको छ ।
बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि केन्द्रीय बैंकले एसडीएफमार्फत तीन प्रतिशत ब्याजदरमा पैसा लिएको छ । तर, बैंक तथा वित्तीय संस्थाहरूबीच तीन प्रतिशतभन्दा कम ब्याजदरमा कारोबार भइरहेको छ । अधिक तरलता रहेको अवस्थामा कुनै बैंकले एक सापटी खोज्दा धेरै बैंक दिन तयार रहने भएकाले ब्याजदर तीन प्रतिशतभन्दा तल झरको बैंकरहरू बताउँछन् । अहिले अन्तरबैंक कारोेबारको ब्याजदर दुई दशमलव ९७ प्रतिशत देखिएको छ ।
निक्षेप सङ्कलन बोलकबोल भनेको के हो ?
बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप सङ्कलन बोलकबोल पनि एक उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप सङ्कलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरिकन निक्षेप सङ्कलन दरमा निक्षेप सङ्कलन गर्न सकिने व्यवस्था पनि रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- मकवानपुरमा सुतिरहेका साथीको साबेल प्रहार गरी हत्या
- सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ
- ५५ करोड बराबरको अनलाइन जुवा खेलाउने व्यक्ति पक्राउ
- ‘अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध हुनुपर्छ’
- कार्टेलिङ गरी सिमेण्टमा मूल्यवृद्धि
- विराटनगरमा मैथिली भाषाको अन्तर्राष्ट्रिय अवार्ड हुने
- नयाँ स्टक एक्सचेन्ज र पुँजीबजार
- राजनीतिकोे उतारचढावमा सेयरबजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया