Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंक र बुद्ध एयरबीच सम्झौता

कुमारी बैंक र बुद्ध एयरबीच सम्झौता


काठमाडौं । कुमारी बैंक लिमिटेड र बुद्ध एयरबीच सम्झौता भएको छ । कुमारी बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई बुद्ध एयरबाट यात्रा गर्दा टिकटमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौताअनुसार कुमारी बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यहरू (बुबा, आमा, श्रीमती र छोरा÷छोरी)को लागि कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड अथवा क्युआरद्वारा बुद्ध एयरको काउन्टरबाट प्लेन टिकट खरिद गर्दा आठ प्रतिशत छुट प्राप्त गर्न सकिने र यसमा सर्तहरू लागू हुने बैंकको भनाइ छ । यो छुट लिन ग्राहकहरूले कुमारी बैंकको डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड साथमा लानुपर्नेछ । यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

बैंकले हाल देशभर रहेका आफ्ना तीन सय दुई वटा शाखा सञ्जाल, तीन सय १४ वटा एटीएम काउन्टर, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । आगामी दिनमा पनि बैंकले अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x