ऊर्जा क्षेत्रको विकासका लागि ऊर्जामन्त्रीद्वारा पूर्वसचिवसँग छलफल
काठमाडौँ । देशको ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको विकासका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पूर्वसचिवहरूसँग छलफल गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विद्यमान अवस्था र भावी कार्ययोजनाबारे उर्जामन्त्री खड्काले मन्त्रालयका पूर्वसचिवसँग बुधबार छलफल गरेका हुन् ।
मन्त्री खड्काले छलफलका क्रममा पूर्वसचिवको अनुभवलाई समेटेर भावी कार्ययोजना बनाएर अगाडि बढ्ने बताए । मन्त्री खड्काले ऊर्जा र सिँचाइ क्षेत्रको विकासका लागि अप्ठ्यारा ऐन, नियम, कार्यविधि र नियमावलीलाई संशोधन गरेर अगाडि बढ्ने बताए ।
जलाशययुक्त आयोजनामा लगानी जुटाउन सके छोटो समयमा नेपालको ऊर्जा क्षेत्रले फड्को मार्ने उल्लेख गर्दै उक्त मन्त्रालयका पूर्वसचिव दिनेश घिमिरेले आन्तरिक खपत बढाउने गरी ऊर्जा क्षेत्रको विकास गर्नुपर्ने बताए । पूर्वसचिव अनुप उपाध्यायले ऊर्जा क्षेत्रको विकासका लागि लगानीयोग्य वातावरण निर्माण गर्नुपर्ने बताए । उनले जति चाँडो आयोजना निर्माण गर्नसक्यो त्यति नै मुलुकका लागि फाइदा हुने बताए ।
सरकारले सिँचाइ क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने पूर्वसचिव सुशीलचन्द्र तिवारीले बताए । सातवटा राष्ट्रिय गौरवका आयोजना भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उक्त आयोजनालाई चाँडोभन्दा चाँडो पूरा गर्न लाग्नुपर्ने बताए । जलस्रोत संरक्षणलाई मन्त्रालयले प्राथमिकतामा राख्नुपर्ने पूर्वसचिव सागरकुमार राईले बताए । उनले खर्बौँ लगानी गरेर सिँचाइ आयोजना बनाए पनि सिँचाइवापतको सेवा शुल्क नउठाउँदा उक्त आयोजना मर्मतसम्भारमा समस्या हुने गरेको बताए ।
छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका ऊर्जासचिव गोपालप्रसाद सिग्देल, जलस्रोत तथा सिँचाइसचिव सरिता दवाडी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, मन्त्रालयअन्तर्गतका विभिन्न विभागका महानिर्देशक तथा मन्त्रालयका सहसचिवहरूको सहभागिता थियो ।
क्याटेगोरी : पूर्वाधार विकास / उर्जा, समाचार
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया