जिकर नेपाल आउँदै
काठमाडौं । पायोनियर मोटोकर्प प्रालि नेपाली बजारमा ग्लोबल प्रिमियम ईभी ब्रान्ड जिकरको जिकर एक्स मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । जिकर ब्रान्ड नेपाली बजारमा जिकर एक्स मोडलसहित डेब्यु गर्ने अन्तिम तयारीमा जुटेको कम्पनीले जनाएको छ ।
कम्पनीले नेपालमा सार्वजनिक गर्न लागेको जिकर एक्स डुअल–मोटर अल–ह्विल ड्राइभ(एडब्लुडी) र सिङ्गल–मोटर रियर–ह्विल ड्राइभ (आरडब्लुडी) गरी दुई भेरियन्टमा रहेका छन् । जिकर एक्स, एक प्रिमियम कम्प्याक्ट एसयुभी हो, जुन आधुनिक जीवनशैलीलाई सहज र सुविधाजनक बनाउने गरी डिजाइन गरिएको छ । जिकर एक्सले एक पृथक डिजाइन–शैली, अत्याधुनिक प्रविधि, उत्कृष्ट रेन्ज र पर्फमेन्ससहित नेपाली ग्राहकमाझ छुट्टै पहिचान स्थापना गर्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार जिकर एक्सले सबै ड्राइभिङ अवस्था तथा सबै किसिमका सडकमा उत्कृष्ट अनुभव र निर्धक्कता प्रदान गर्नेछ ।
जिकर एक्सको दुवै भेरियन्टमा ६६ किलोवाटआवरको ब्याट्री रहेको छ । यसले सिङ्गल–मोटर, रियर–ह्विल–ड्राइभ, लङ्ग रेन्ज मोडलमा चार सय ४० किमि को डब्लुएलटिपि रेन्ज प्रदान गर्छ । एक सय ५० किलोवाटको डिसी चार्जरसहित गाडीमा रहेको २२ किलोवाटको एसी चार्जरले गाडीलाई शून्यबाट शतप्रतिशत चार्जसम्म जम्मा चार घण्टाभित्र पूरा गर्ने जनाइएको छ । पायोनियर मोटोकर्पका निर्देशक सन्दीपकुमार शारडाका अनुसार ‘जिकर एक्स’ गतिशील सहरी सभ्यताको आधुनिक जीवनशैलीका लागि डिजाइन गरिएको गाडी हो । यस्ले उच्चस्तरीय पर्फमेन्स, अत्याधुनिक प्रविधिसहित प्रिमियम एसयुभीको बढ्दो मागलाई पूरा गर्ने उनले बताए ।
जिकर एक्सको आधुनिक र ‘एरोडाइनामिक’ डिजाइनले यसलाई अरू एसयुभीभन्दा अझै सरल, सुन्दर र सुविधासम्पन्न गाडीको रूपमा स्थापित गर्ने कम्पनीको दाबी छ । गाडीको एक्सटेरियर भागमा ‘स्मुथ लाइन तथा स्कल्पटेड प्रोफाइल’को डिजाइन प्रयोग, ‘प्यानोरामिक सनरुफ’ र इन्ट्रिगेटेड डबल–एज्ड एलईडी डीआरएलको आकर्षण पाउन सकिन्छ । साथै, जिकरको ‘इन्टेलिजेन्ट बि–पिलर’ नामक विशेष सुविधाले कारभित्र प्रवेश गर्नुअगावै गाडीको बारेमा महत्वपूर्ण जानकारीहरू ‘डोर ह्यान्डल’ (गाडीको ढोका) मा देखाउँछ ।
गाडीको इन्टेरियरमा, ‘यामाहा अडियो सिस्टम’, ‘भेन्टिलेटेड फ्रन्ट सिट’जस्ता आधुनिक र उपयोगी सुविधाहरू समावेश गरिएको छ । साथै, सबै भाग आधुनिक र विशेष डिजाइनमा सुसज्जित रहेको छ । यसमा सुरक्षित, आधुनिक र प्रविधियुक्त ड्राइभिङ अनुभवका लागि ‘इन्टर्याक्टिभ ककपिट’को पनि सुविधा रहेको छ । यसमा १४ दशमलव छ इन्चको टचस्क्रिन डिस्प्ले, आठ दशमलव आठ इन्चको इन्स्ट्रुमेन्ट प्यानल समावेश रहेको छ । सस्टेनेबल एक्सपेरियन्स आर्किटेक्चरमा निर्मित जिकरले स्ट्रक्चरल सेफ्टि (संरचनात्मक सुरक्षा) र ‘एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम’मा सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्छ । यसअन्तर्गत सात वटा एयरब्याग, इन्टर्नल एन्टीकोलिजन बिम रहेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया