Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदिपलको पोखरा विक्रेतामा हिमालय मोटरक्स

दिपलको पोखरा विक्रेतामा हिमालय मोटरक्स


काठमाडौं । चिनियाँ विद्युतीय गाडी दिपलको लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले पोखरा क्षेत्रका लागि आधिकारिक विक्रेतामा हिमालय अर्गनाईजेसनअन्तर्गतको हिमालय मोटरक्स प्रालिलाई नियुक्त गरेको छ ।

पोखराको नयाँबजार ८ मा रहेको हिमालय मोटरक्स प्रालिको सोरुममा गई दिपल गाडी बुकिङ गर्न सकिने छ । नेपाली बजारमा छोटो समयमा नै लोकप्रिय बन्न सफल यो गाडी पोखरा क्षेत्रमा पनि धेरैको रोजाइमा पर्ने विश्वास गरिएको छ । टेस्ट ड्राइभको लागि एक साताभित्र गाडी पोखरामा उपलब्ध हुने कम्पनीले जनाएको छ । दिपलको एस ०७ र एल ०७ लगायत अन्य मोडेलहरू उपलब्ध हुने बताइएको छ । गाडी बुकिङ गर्ने ग्राहकलाई एक साताभित्रै गाडी उपलब्ध गराइने कम्पनीले जानकारी गराएको छ । दिपलको एस ०७ इ एसयुभी इन्टेलिजेन्ट र लक्जरियस रहेको कम्पनीको दाबी छ ।

नेपालमा यो गाडीको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । सिंगल चार्जमा चार सय १० देखि चार सय ८५ किमि रेन्ज प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । एल ०७ को मूल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकेको छ । हिमालय अर्गनाइजेसनअन्तर्गतको आयम इन्टरकन्टिनेन्टल प्रालि फोर्स मोटर्सका गाडीको लागि नेपालको आधिकारिक विक्रेता हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x