उद्योगको समस्याबारे गृहमन्त्री र कानुनमन्त्रीलाई ब्रिफिङ
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योगमा देखिएका विविध समस्याबारे गृहमन्त्री तथा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्रीलाई अवगत गराएको छ ।
महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको एक प्रतिनिधिमण्डलले बुधबार गृहमन्त्री रमेश लेखक र कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अजय चौरसियालाई अलग–अलग भेटी निर्माण उद्योगमा रहेका विविध समस्याहरूबारे अवगत गराएको हो । गृहमन्त्री समक्ष महासंघले निर्माण व्यवसायीहरू र निर्माण उपकरणको सुरक्षा, जिल्ला दररेट, नदीजन्य तथा खानीजन्य सामग्रीको उत्खनन्मा देखिएको समस्या, चेक अनादर, ठेक्का तोडिँदा निर्माण व्यवसायीमाथि हुने ज्यादतीलगायतका विषयमा ध्यानाकर्षण गराएको छ । जवाफमा गृहमन्त्री लेखकले सरकार र निर्माण व्यवसायी दुवै पक्ष आ—आफ्नो जिम्मेवारीबोध गर्दै अघि बढ्नुपर्ने बताए ।
त्यस्तै, महासंघले कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री चौरसिया समक्ष केही नेपाल ऐन संशोधनलगायत पूर्ण निर्माण उद्योगमैत्री ऐनकानुनका लागि अनुरोध गरेको छ । जवाफमा मन्त्री चौरसियाले आफूले निर्माण व्यवसायीको पीडा बुझेको बताउँदै समस्या समाधानका लागि पहल गर्ने बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया