हमास प्रमुख इस्माइल हनियाह तेहरानमा मारिए
इजरायल । हमासका राजनीतिक प्रमुख इस्माइल हानियाह मारिएका छन् । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले यसको पुष्टि गरेको छ । आईआरजीसीले बुधबार बिहान तेहरानमा हानियाहको लुकेको ठाउँमा मिसाइल प्रहार भएको जनाएको छ । मिसाइल प्रहारबाट हानियाह र उनका एक अङ्गरक्षकको ज्यान गएको थियो ।
हानिया इरानी राष्ट्रपति मसुद पजाकियानको शपथग्रहण समारोहमा भाग लिन मंगलबार तेहरान पुगेका थिए । हमासले हानियाहको मृत्यु भएको पुष्टि गरेको छ । इरानले हानियाहको हत्यामा इजरायललाई आरोप लगाएको छ । हमास प्रमुखलाई कतारको राजधानी दोहामा अन्त्येष्टि गरिने बताइएको छ ।
इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इजरायलमाथि अक्टोबर ७को आक्रमणको प्रतिशोधमा हमासलाई समाप्त पार्ने चेतावनी दिएका थिए । हमासको आक्रमणपछि युद्ध सुरु भएको थियो । हानियहको नेतृत्वमा हमासले गतवर्ष अक्टोबर ७ मा इजरायलमा ७५ वर्षमा सबैभन्दा ठूलो हमला गरेको थियो । यसमा १२ सयभन्दा बढीको मृत्यु भएको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया