Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकले नौ दशमलव ९९ प्रतिशतमै कर्जा प्रदान गर्ने

महालक्ष्मी विकास बैंकले नौ दशमलव ९९ प्रतिशतमै कर्जा प्रदान गर्ने


काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्जा ग्राहकहरूलाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यावसायिक कर्जा, महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) तथा महालक्ष्मी हरित कर्जा एकल अंकको ब्याजदर (नौ दशमलव ९९ प्रतिशतमा) नै कर्जा प्रदान गर्ने भएको छ ।

महालक्ष्मी घर कर्जाअन्तर्गत आवासीय/व्यापारिक घर/जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप/पुनर्निर्माण/मर्मत सम्भार गर्न न्यूनतम दुई वर्षदेखि अधिकतम ३० वर्ष अवधि रहने गरी पाँच करोडसम्मको कर्जा प्रदान गर्नेछ । साना तथा मझौला व्यवसायीहरूको कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न एक वर्षदेखि १५ वर्षको अवधिसम्मका लागि व्यावसायिक कर्जा प्रदान गर्नेछ । विद्युतीय सवारीको बढ्दो मागलाई लक्षित गर्दै भ्याट बिल वा कोटेसन मूल्यको ८० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा प्रदान गर्नेछ । ग्राहकले यसअन्तर्गत तीन करोडसम्मको कर्जा लिन सक्नेछन् । विद्युतीय सवारीबाहेकको अन्य सवारीमा कोटेसन मूल्यको ५० प्रतिशतसम्म कर्जा प्रदान गर्नेछ ।

‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरतरूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको देशभर एक सय तीन वटा शाखा कार्यालयहरू र करिब सात लाख ग्राहकहरू रहेका छन् । साथै, मिति २०८० पुस २८ मा सम्पन्न बैंकको २२ औँ वार्षिक साधारणसभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रूपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x