Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया क्यापिटलहरू सञ्चालित सामूहिक लगानी कोष योजनाहरूको प्रतिफल घोषणा

एनआईसी एसिया क्यापिटलहरू सञ्चालित सामूहिक लगानी कोष योजनाहरूको प्रतिफल घोषणा


काठमाडौं । एनआईसी एसिया क्यापिटलहरू सञ्चालित सामूहिक लगानी कोष योजनाहरूको प्रतिफल घोषणा भएको छ । क्यापिटलको बुधबार क्यापिटलको कार्यालय थापाथली, काठमाडौंमा बसेको सञ्चालक समितिको १४३औँ बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित योजनाहरू योजनाहरूको लाभांश घोषणा गरेको हो ।

एनआईसी एसिया ग्रोथ फन्डले पहिलो वर्ष १० प्रतिशत, दोस्रो वर्ष १२ प्रतिशत, तेस्रो वर्ष ३० प्रतिशत, चौथो वर्ष १३ प्रतिशत, पाँचौँ वर्ष १० दशमलव ५० प्रतिशत तथा छैटौँ वर्ष अर्थात् आव २०८०/८१ को लागि घोषणा गरेको नौ दशमलव ५० प्रतिशतसहित हालसम्म ८५ प्रतिशत प्रतिफल वितरण गर्न सफल भएको छ । एनआईसी एसिया ब्यालेन्स फन्डले सञ्चालनमा आएको पहिलो वर्ष आठ प्रतिशत, दोस्रो वर्ष ३० प्रतिशत, तेस्रो वर्ष १३ प्रतिशत, चौथो वर्ष १० प्रतिशत तथा पाँचौँ वर्ष अर्थात आव २०८०/८१ को लागि घोषणा गरेको नौ दशमलव २५ प्रतिशतसहित हालसम्म ७० दशमलव २५ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ । पहिलो खुलामुखी योजना एनआईसी एसिया डाइनामिक डेप्ट फन्ड सञ्चालनमा आएको पहिलो वर्षमा १० प्रतिशत, दोस्रो वर्ष छ प्रतिशत, तेस्रो वर्ष १० प्रतिशत तथा चौथो वर्ष अर्थात् आव २०८०/८१ को लागि घोषणा गरेको १० प्रतिशतसहित हालसम्म ३६ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ ।

नेपालमा सञ्चालित सामूहिक लगानी कोष योजनाहरूमध्ये सुरक्षित अर्थात् न्यून जोखिम र नियमितरूपमा प्रतिफल वितरण गर्न सक्ने पहिलो खुलामुखी योजना एनआईसी एसिया डाइनामिक डेप्ट फन्डअन्तर्गत व्यवस्थित लगानी योजना (सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान, एसआईपी) तथा सिस्टमेटिक विथड्रल प्लान (एसडब्लुपी) योजनासमेत सञ्चालन गरिरहेको र उक्त योजनामा अनलाइनमार्फत सहजरूपमा सहभागी हुन मिल्ने व्यवस्था मिलाइएको कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x