Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकस्तो स्मार्टफोनलाई अलराउन्डर भन्ने ?

कस्तो स्मार्टफोनलाई अलराउन्डर भन्ने ?


काठमाडौं । सुपथ मूल्यका सुविधा सम्पन्न स्मार्टफोनहरू बजारमा फेला पार्न निकै चुनौतीपूर्ण हुन्छ । सामान्यतया बजारका स्मार्टफोनहरूमा जति धेरै सुविधा भयो त्यतिनै मूल्य उच्च हुन्छ । यसले गर्दा आफ्नो खल्ती खाली नगरी आफूले चाहेको सबै सुविधायुक्त फोन किन्न गाह्रो छ । अहिलेको आधुनिक युगमा ग्राहकहरू सुपथ मूल्यमा अधिकतम सुविधा भएको स्मार्टफोनहरू खरिद गर्न चाहन्छन् । गेमिङ, फोटोग्राफी र अन्य दैनिक कार्यहरू निर्वाधरूपमा धान्न सक्ने फोनको विकासमा पूरा विश्वका वैज्ञानिकहरू लागेका छन् । आविष्कारको यो दौडमा स्मार्टफोन उद्योगले फट्को मार्दैछ । जसको फल स्वरूप हामीले थप किफायती मूल्यमा सुविधायुक्त स्मार्टफोनहरूको प्रयोग गर्न पाइरहेका छौँ ।

के हो अलराउन्डर स्मार्टफोन भनेको ?
हेर्दा आकर्षक र राम्रो चल्ने स्मार्टफोन जुन बजारमा सुपथ मूल्यमा सहजै प्राप्त गर्न सकिन्छ । त्यस्तोे फोनलाई नै अलराउन्डर स्मार्टफोन भन्दा फरक पर्दैन । यी सबै सुविधासहित बजारमा आएको छ, रेड्मी १३ । यो स्मार्टफोनमा प्रयोग भएको हेलियो जी ९१ अल्ट्रा प्रोसेसर, १०८ एमपीको सुपर क्लियर क्यामेरा, ६.७९ इन्चको फुल एचडी प्लस डट डिस्प्ले, ५०३० एमएचको ब्याट्रीको र ३३ वाटको चार्जरजस्ता अत्याधुनिक प्रविधिहरूले सर्वसाधारणको मन जित्न सफल भएको छ । यो फोन ६ जीबी + १२८ जीबी र ८ जीबी + २५६ जीबी गरी दुई भेरियन्टमा उपलब्ध छ ।

रेड्मी १३ को मिडियाटेक हेलियो जी ९१ अल्ट्रा एडभान्स्ड चिपसेटले विभिन्न कार्यहरूलाई सजिलैसँग हेन्डल गर्छ । यसमा भएको ६.७९ इन्चको फुल एचडी+ डट डिस्प्ले र ९० हर्जसम्मको रिफ्रेस रेटले प्रयोगकर्ताहरूलाई भिडियो हेर्न, गेम खेल्न र सामाजिक सञ्जाल प्रयोग गर्न एकदमै सहजता प्रदान गर्छ, यस फोनको डिस्प्लेले ब्लु लाइट फिल्टर गर्छ । जसको कारण तपाईंले लामो समयसम्म फोन चलाउँदा नि तपाईंको आँखालाई गारो बनाउँदैन ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x