Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘टेक एक्स’मा सर्वसाधारणको सहभागिता

‘टेक एक्स’मा सर्वसाधारणको सहभागिता


काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबर्ट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरूको प्रदर्शनी ‘टेक एक्स २०२४’ मा विद्यार्थी, कर्पोरेट क्षेत्र र सर्वसाधारणको सहभागिता उल्लेख रहेको छ ।

प्रदर्शनीमा स्वचालित एआई गन, रोबोटिक डग, लाइब्रेरी तथा एयरपोर्ट म्यानेजमेन्टका लागि लक्षित गरी निर्माण गरिएका असिस्टेन्ट एआई रोबोट र गोदाम व्यवस्थापनको अर्धस्वचालित प्रविधि, एआई रोवटिक शिक्षकको अवलोकन गर्न पाइन्छ । विद्यार्थीहरूले पासवर्ड क्र्याकिङको विश्लेषण गर्ने रोबर्ट पनि प्रदर्शनीमा राखेका छन् । प्रदर्शनीमा बैंकिङ, टुरगाइड, फुटबल, एआई असिस्टेन्ट फर आई हस्पिटल, रोबोटिक वेटर, वोबोट वारलगायतका ३० भन्दा बढी परियोजना रहेका छन् ।

डिल्लीबजारस्थित सफ्टवेरिका कलेज अफ आईटी एन्ड इ–कमर्सको आयोजनामा कलेज परिसरमा आयोजित मेलामा कलेजमा स्नातक तह दोस्रो र तेस्रो वर्षमा अध्ययनरत सूचना प्रविधिका विद्यार्थीले निर्माण गरेका उत्पादन प्रदर्शन गरिएको कलेजका निर्देशक अमृत थापाले जानकारी दिए । साउन १५ गतेदेखि सुरु प्रदर्शनी २० गतेसम्म सञ्चालन हुनेछ, प्रविधिमा रूचि राख्ने जो कोहीले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निःशुल्क अवलोकन गर्न सक्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x