विश्व बैंकद्वारा ‘मध्यम आयको जाल’बाट बच्न मार्गचित्र प्रस्तुत
वासिङ्टन । विश्व बैंकले चीनलगायत एक सयभन्दा धेरै मुलुक ‘मध्यम आयको जाल’मा प्रवेश गर्ने र धनी मुलुक बन्न असफल हुने जोखिममा रहेको बताएको छ । बिहीबार उच्च आयको अवस्थामा पुग्नका लागि ‘व्यापक मार्गचित्र’ अनावरण गर्दै बैंकले सो कुरा बताएको हो ।
आफ्नो २०२४ विश्व विकास प्रतिवेदनमा बैंकले भनेको छ, ‘सामान्यतया देशहरू यस्तो ‘जाल’मा पर्छन् जतिबेला उनीहरू प्रतिव्यक्ति वार्षिक अमेरिकी कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को करिब १० प्रतिशत अर्थात् करिब आठ हजार डलरसम्म पुग्नेछन् । यसलाई अगाडि बढाउन कठिन साबित हुनसक्छ ।’
बैंकले विश्वको ७५ प्रतिशतभन्दा धेरै जनसंख्याको प्रतिनिधित्व गर्ने एक सयभन्दा धेरै मुलुक हाल मध्यम आयका रूपमा वर्गीकृत भएकाले यो समस्यालाई सम्बोधन गर्न आगामी दशकहरूमा आर्थिक विकासका लागि महत्वपूर्ण साबित हुने बताएको छ ।
‘विश्वव्यापी आर्थिक समृद्धिको लडाइँ मध्यम आय भएका मुलुकहरूमा धेरै हदसम्म जितिनेछ वा हारिने छ’, ‘नयाँ दृष्टिकोण’ को आह्वान गर्दै विश्व बैंक समूहका प्रमुख अर्थशास्त्री इन्दरमिट गिलले विज्ञप्तिमा भने, ‘पहिला लगानीमा ध्यान केन्द्रित गर्नुहोस्, त्यसपछि विदेशहरूबाट नयाँ प्रविधिहरू इन्फ्युजनमा जोड दिनुहोस् र अन्त्यमा लगानी, इन्फ्युजन र नवीनतालाई सन्तुलन गर्ने तीन–स्तरीय रणनीति अपनाउनुहोस् ।’ उनले बढ्दो जनसांख्यिकीय, पारिस्थितिक र भू–राजनीतिक दबाबका साथ त्रुटिका लागि कुनै स्थान नभएको बताए ।
बैंकले दक्षिण कोरियालाई पूर्वविकासोन्मुख मुलुकको उदाहरणका रूपमा उल्लेख गरेको छ । दक्षिण कोरियाले सफलतापूर्वक उच्च आयको स्थितिमा पुग्नका लागि उक्त रणनीति प्रयोग गरेको थियो ।
‘यदि तिनीहरू पुरानो रणनीतिमा कायम रहेभने अधिकांश विकासोन्मुख मुलुक यो शताब्दीको मध्यसम्म धेरै हदसम्म समृद्ध समाज बनाउने दौडमा पराजित हुनेछन्’, गिलले विश्व विकास प्रतिवेदनमा भनेका छन्, ‘यो प्रतिवेदन लेख्ने टोलीले यो अङ्कगणितलाई आमूल परिवर्तन गर्ने आशा राखेको छ ।’ रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया