रुस र पश्चिमा देशबीच कैदी आदानप्रदान
मस्को । अमेरिका–रुस र पश्चिमी मुलुकहरुबीच बिहीबार कैदी आदानप्रदान भएको छ । बन्दी आदानप्रदानको सम्झौता टर्कीको राजधानी अंकारामा भएको हो । सम्झौताअनुसार अमेरिका, रुस, जर्मनीलगायत सात देशका जेलमा थुनिएका २६ कैदीलाई रिहा गरिएको बताइएकोे छ । जसमध्ये दुई नाबालिगसहित १० कैदीलाई रुस पठाइएको छ ।
१३ कैदीलाई जर्मनी र तीन कैदीलाई अमेरिका पठाइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस समझौतालाई पहिले नै अनुमोदन गरिसकेका छन् । पछिल्लो तीन वर्षमा अमेरिका र रुसबीच कैदी आदानप्रदानसँग सम्बन्धित यो तेस्रो सम्झौता हो ।
यसअघि सन् २०२२को अप्रिल र डिसेम्बर २०२२मा दुई देशबीच कैदी आदानप्रदान भएको थियो । यो शीतयुद्ध पछिको सबैभन्दा ठूलो विनिमय मानिन्छ ।
रसियाले अमेरिकी मिडिया हाउस वाल स्ट्रीट जर्नल (डब्ल्यूएसले)का पत्रकार इभान गेर्शकोविचलाई रिहा गरेको छ । अमेरिकी गुप्तचर एजेन्सी सीआईएका लागि जासुसी गरेको आरोपमा रुसले गत मार्चमा इभानलाई पक्राउ गरेको थियो । इभानबाहेक रुसबाट थप दुई अमेरिकी नागरिक रिहा भएका छन् । अमेरिकी नौसेनामा सेवा गरेका पल व्हेलन र रेडियो पत्रकार आल्सु कुर्मशेवा छन् । अमेरिकाले तीन रुसी कैदीलाई रिहा गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया