Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनगदरहित दाबीका लागि आईजीआई र बालाजु अटोबीच सम्झौता

नगदरहित दाबीका लागि आईजीआई र बालाजु अटोबीच सम्झौता


काठमाडौं । महिन्द्रा फोर ह्विलरको नेपालका लागि एक मात्र अधिकृत विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालि र अग्नि हायर पर्चेज प्रालिले नगदरहित दाबीका लागि आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग पनि सम्झौता गरेको छ ।

बालाजु अटो वर्कस प्रालि कम्पनीका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्मा, सर्भिस हेड शिवसुदन श्रेष्ठ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् । सो अवसरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका बागमती प्रदेश प्रमुख (उपत्यकाभित्र) श्रीराम भण्डारी साथै गोंगबु शाखा प्रबन्धक नरेन्द्र अधिकारीद्वारा अग्निरूप तथा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रतिनिधिहरू उपस्थित रहेका थिए । यस सम्झौतापश्चात महिन्द्रा ग्राहकहरूले सवारीसाधन मर्मत सम्भार वा बीमा दाबी गर्दा छिटो, सहज, पहुँचयोग्य र झन्झटमुक्त सेवाहरू पाउने छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x