Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबागमती प्रदेश‘प्रादेशिक सरकारलाई नागरिकले विकासे अड्डाको रूपमा बुझे’

‘प्रादेशिक सरकारलाई नागरिकले विकासे अड्डाको रूपमा बुझे’


दोलखा । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले नागरिकले प्रादेशिक सरकारलाई विकास बाँड्ने र माग्ने अड्डाको रूपमा मात्रै बुझेको बताएका छन् । संघीय सरकारले प्रदेशलाई दिने अधिकार नदिँदा प्रदेश सरकारहरू संघीय सरकारका विकासे अड्डाको रूपमा मात्रै सीमित हुन पुगेको बताए । नेपाली कांग्रेसले दोलखाले सदरमुकाम चरिकोटमा आयोजना गरेको एक कार्यक्रममा उनले बागमती प्रदेश सरकारले विकासे अड्डाको रूपमा नभई प्रदेश सरकारकै रूपमा काम गर्ने बताए । प्रदेश सरकारको सेवा प्रवाहलाई सुधार गरी सरकारकै रूपमा चलाउने गरी वर्तमान प्रदेश सरकार सक्रिय हुने उनको दाबी थियो । ‘संघीयताको मर्मअनुसार प्रदेश संरचना भनेको घर आँगनको सरकार हो’ उनले भने, ‘तर प्रदेशहरू विकास बाँड्ने अड्डाजस्ता मात्रै भए, अब यो सुधार्न आवश्यक छ ।’

मन्त्री काफ्लेले मुलुकका सबै प्रदेशहरू सङ्घीयताको अभ्यासमै रहेकाले प्रभावकारी ढंगले काम गर्नेगरी बागमती प्रदेश सरकार लाग्ने बताए । ‘प्रदेश सरकारको सेवा प्रवाहमा चरम गुनासो रहेको छ’, उनले भने, ‘प्रदेशहरू प्रति नागरिकले गर्व गर्ने गरी काम गर्नुपर्नेछ ।’ यस्तै, उनले दोलखाको विकासका लागि आफू सक्रिय रहने प्रतिबद्धता पनि जनाए । कार्यक्रममा नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामाले जनताको पक्षमा काम गर्न मन्त्री काफ्लेलाई आग्रह गरे । त्यस्तै, कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले जनताले स्मरण गर्नेगरी काम गर्न अनुरोध गरेका थिए ।


क्याटेगोरी : समाचार, बागमती प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x