Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनिफ्राको नाफामा संकुचन

निफ्राको नाफामा संकुचन


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको खुद नाफामा संकुचन आएको छ । बैंकले आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ३३ करोड पाँच लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १० करोड रुपैयाँले कम हो । अघिल्लो आवमा बैंकले एक अर्ब ४१ करोड ५२ लाख छ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

हाल चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको बैंकले आव २०८०/८१ मा ८२ करोड ९८ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ८६ करोड ४९ लाख ८५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब ५४ करोड ९७ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शूून्य दशमलव शून्य एक प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

अघिल्लो आवमा भने बैंकले ८९ करोड १६ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब छ करोड ३१ लाख ९६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा बैंकले दुई अर्ब ७२ करोड ६० लाख आठ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x