Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआइएमई पेमा पैसा पठाउँदा एक हजारसम्म क्यास ब्याक

आइएमई पेमा पैसा पठाउँदा एक हजारसम्म क्यास ब्याक


काठमाडौं  । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले विदेशबाट पठाएको रकम आइएमई पे वालेटमा प्राप्त गर्दा ग्राहकहरूलाई एक हजार रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत सेवाग्राहीहरूले विदेशबाट आइएमई पे वालेटमा पठाएको पैसा आइएमई पे एप प्रयोगकर्ताहरूले जुनसुकै समयमा नेपालमा प्राप्त गर्दा एक हजार रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

यथावत् रहिरहेको ‘आईएमई गरौँ, करोडपति बनौँ’ योजनालाई थप परिष्कृत गर्दै बम्परमा एक करोड र हरेक महिना एक लाखबाहेक अब हरेक कारोबारमा समेत क्यास ब्याक अफर सार्वजनिक गरिएको छ । सेवाग्राहीहरूको उत्साह तथा हितको लागि बेला–बेलामा विभिन्न अफर सार्वजनिक गर्दै आएको आइएमई पेले यसअघिको योजनामा प्रयोगकर्ताहरूको उल्लासमय सहभागिता र ग्राहकवर्गको अनुरोधलाई ध्यानमा राखेर यो योजना सार्वजनिक गरिएको बताइएको छ ।

आइएमई पे वालेटमा प्राप्त गरेको रकममा ब्याज प्राप्त गर्नुको साथै ग्राहकले जुनसुकै समयमा घरै बसेर सजिलै घरायसी बिल भुक्तानी गर्न, फ्लाइट टिकट खरिद गर्न, मोबाइल रिचार्ज गर्न साथै सबै प्रकारको बीमा नवीकरण तथा थुप्रै सेवाहरूको सहजै भुक्तानी गर्न सक्नेछन् । आफ्नो वालेटमा रहेको रकम आवश्यकताअनुसार बैंक खातामा समेत पठाउन सक्नेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x