पावर, लाइट एन्ड इलेक्ट्रिक प्रदर्शनी हुने
काठमाडौं । तेस्रो नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८१ हुने भएको छ ।
मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेर एन्ड इभेन्ट्स तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालिको संयुक्त आयोजनामा भदौ २१, २२ र २३ गते काठमाडौं भृकुटीमण्डपमा सो प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका एक सय ५० भन्दा बढी स्टलहरू रहने आयोजकले जनाएको छ । यस प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कन्डक्टर, अत्याधुनिक प्रकारका स्विचहरू, एलईडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चारजिङ स्टेसन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरूको सहभागिता रहनेछ ।
आयोजकका अनुसार आफ्नै मुलुकमा बढ्दो उत्पादित जलविद्युत्को विभिन्न विद्युतीय माध्यमहरूबाट उपभोग बढाई देशलाई आर्थिकरूपमा सवलीकरण गर्दै लान एवं ऊर्जा तथा विद्युतीय व्यवसायीको समग्र विकास तथा व्यापार प्रवद्र्धनमा अत्यधिक टेवा पुर्याउने उद्देश्यका साथ यस प्रदर्शनीको आयोजना गर्न लागिएको हो । विद्युतीय उपकरणलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामग्रीहरूको व्यवसाय विकास एवं यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका लागि प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ । दशैंको अवसर पारेर हुन लागेको प्रदर्शनीमा ग्राहकहरूले विभिन्न कम्पनीका विद्युतीय सामग्रीहरू एकै ठाउँमा हेर्न तथा मन परेको सामान खरिद गर्न पाउनेछन् ।
नेपालको बजारमा चाडपर्वको बेलामा विभिन्न नयाँ विद्युतीय सामानहरू खरिद गर्ने चलन रहेको छ । नेपालीहरूको महान पर्व दशैंको केही हप्ता अगाडि आयोजना हुने यस प्रदर्शनीले ग्राहकलाई आकर्षित गर्ने आयोजकको विश्वास छ । प्रदर्शनीले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीलाई एकै स्थानमा जमघट गराउने मञ्च प्रदान गर्नेछ । साथै, यी उद्योगमा भएका नविनतम उपलब्धिबारे सूचना आदान–प्रदान गर्ने तथा उपभोक्ता वर्गमा ऊर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी गराउन पनि प्रदर्शनीले सहयोग गर्नेछ ।
नेपाल इलेक्ट्रिक इलेक्ट्रोनिक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लायन्सेस प्रदर्शनीले आधारभूतरूपमा तीन सोचहरू प्रदर्शनी, सम्मेलन र साझेदारीको समायोजन गर्न खोजेको छ । यी तीन सोचहरूबाट नेपालमा विद्युत, विद्युतीय उपकरण, घरायसी प्रयोग हुने विद्युतीय सामग्रीहरू तथा ऊर्जासँग आबद्ध विभिन्न उद्योगहरूले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्ने केन्द्रको भूमिका निर्वाह गर्ने आयोजकले विश्वास लिएका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया