चीनद्वारा घरायसी खपत बढाउने योजना जारी
वेइजिङ । चीनले घरेलु खपत बढाउने उद्देश्यले निर्देशनहरूको सूची जारी गरेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा न्यून घरेलु खपतले विकासलाई कमजोर बनाएको छ । सूचीमा बालबालिका र वृद्धहरूको हेरचाह तथा खाद्यान्न र पेय पदार्थलगायतका क्षेत्रलाई लक्षित गरिएको छ ।
सत्तारूढ कम्युनिस्ट पार्टीका शीर्ष अधिकारीहरूको भेलापछि राष्ट्रपति सी चिनपिङलगायतका नेताहरूले गत महिना घरेलु खपत बढाउन र चीनको कमजोर रियल स्टेट क्षेत्रमा दबाब कम गर्न सहयोग गर्ने बाचा गरेका थिए ।
चीनको मन्त्रिपरिषद् अर्थात् स्टेट काउन्सिलले शनिबार साँझ आफ्नो वेबसाइटमा २० वटा सामान्य निर्देशनहरूको सूची प्रकाशित गरेको थियो ।
प्रस्तावित बजेट समावेश नभएको योजनाले अधिकारीहरूलाई ‘वृद्धहरूका लागि हेरचाह सेवाहरूको आपूर्ति बढाउन’ आग्रह गरेको छ । शिक्षाको उच्च लागत र सामाजिक लाभहरूको अभावका कारण थोरै युवाहरूले बच्चा जन्माउने विकल्प छनोट गर्ने भएकाले योजनाले बालबालिका हेरचाह सेवाहरूको विकासको पनि आह्वान गरेको छ । दस्ताबेजअनुसार तीन वर्षभन्दा मुनिका बालबालिका र ज्येष्ठ नागरिकहरूको हेरचाहको लागतलाई पनि आयकरमा कटौतीको योजना बनाइएको छ ।
बेइजिङले सेवा क्षेत्रमा विशेषगरी बैंकहरूबाट योग्य साना व्यवसायहरूले ठूलो आर्थिक सहायताबाट लाभ हासिल गर्नसक्ने कुरा सुनिश्चित गर्ने बाचा गरेको छ । गत महिना प्रकाशित आधिकारिक तथ्याङ्कअनुसार चीनले यस वर्ष ‘करिब पाँच प्रतिशत’ कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिको लक्ष्य राखेको छ । यद्यपि दोस्रो त्रैमासिकमा उसको वृद्धि वार्षिक आधारमा द्रुतरूपमा घटेर चार दशमलव सात प्रतिशत भएको छ ।
रियल स्टेटमा लामो समयदेखि जारी ऋण सङ्कटले जीडीपी वृद्धि प्रभावित भएको छ । रियल स्टेट क्षेत्र जीडीपीको एक चौथाइ हिस्सा हो । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया