विराटनगर भन्सारमा एजेन्टभन्दा उद्योग प्रतिनिधि धेरै
विराटनगर । विराटनगर भन्सारलाई आफ्नो कार्यक्षेत्र बनाएर भन्सार जाँचपासमा संलग्न एजेन्टभन्दा उद्योगका प्रतिनिधिहरूको संख्या दिनानुदिन बढ्न थालेको पाइएको छ ।
भन्सारमा उद्योगका प्रतिनिधिहरूको संख्यामा वृद्धि हुन थालेपछि उनीहरूलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने आवाज उठ्न थालेको छ । सोपश्चात विराटनगर भन्सारले गत साउन १७ गते सार्वजनिक सूचना जारी गरी आवश्यक परामर्श सुरु गरेको छ । संघीय सरकारको अर्थ मन्त्रालयअन्तर्गत रहेर देशभरका भन्सार कार्यालयमा उद्योगहरूले आफ्नै उद्योगको भन्सार जाँचपासको सहजीकरण गर्ने उद्देश्यले भन्सार विभागको निर्देशनअनुसार भन्सार प्रतिनिधिका रूपमा काम गर्ने गरी प्रतिनिधि तोकेका थिए । तर पछिल्लो समय उद्योग प्रतिनिधिले आफूले पाएको अधिकारको व्यापक दुरुपयोग गरेको पाइएपछि विराटनगर भन्सारले त्यस्ता प्रतिनिधिहरूले आफ्नो उद्योगबाहेक अन्य व्यवसायीको भन्सारसम्बन्धी कुनै काम नगर्न सचेत गराएको छ ।
सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीहरूले आफूले पाएको सुविधाको दुरुपयोग गरी भन्सार प्रतिनिधि तोक्न थालेका छन् । हाल भन्सार कार्यालयमा हुने भन्सार जाँचपाससम्बन्धी काममा अकल्पनीयरूपमा भन्सार राजस्वमाथि नै खेलवाड गर्दै भन्सार जाँचपास हुने गरेको भन्सारस्रोतको दाबी छ । यसले गर्दा विराटनगर भन्सारले उद्योगको प्रतिनिधिका रूपमा भन्सारमा आएर विभिन्न व्यवसायीको भन्सार पासमा संलग्न हुने प्रतिनिधिलाई कारबाही प्रक्रिया बढाउनु अगाडि सचेत गराएको हो । स्रोतका अनुसार विराटनगर भन्सारमा उद्योग प्रतिनिधिका रूपमा भन्सार प्रतिनिधि व्यापक नियुक्ति हुन थालेपछि विराटनगर भन्सारले कठोर कदम चालेका हो ।
भन्सार एजेन्टभन्दा उद्योग प्रतिनिधि भएर भन्सार जाँचपासमा संलग्न हुँदा उद्योगको टाउकोमा दायित्व जाने भएकाले पनि भन्सार प्रतिनिधिलाई आम्दानीको स्रोत बनाउने राम्रो अवसर भएको बताउन थालिएको छ । विराटनगर भन्सारमा कार्यरत उद्योग प्रतिनिधिहरूले विगतमा सामान्य जीवन यापन गर्दै आएकामा अहिले उनीहरूको जीवनशैली नै विलासीमय बन्दै गएको देखिन थालेको छ । यसले सरोकारवाला निकायलाई विशेषरूपमा चिन्तित बनाउँदै गएको छ । भन्सार विभागको निर्देशनअनुसार नै विराटनगर भन्सारले कठोर कदम चाल्न लागेको दाबी पनि स्रोतले गरेको छ । यसरी छोटो समयमा उद्योगका प्रतिनिधिको जीवनशैली विलासी बन्दै जानुको कारण अनुसन्धान गरी सरोकारवाला निकायबाट कानुनी दायरामा ल्याउने प्रयास सुरु गरिएको बताइएको छ ।
क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया