विद्यार्थीलाई करियरसम्बन्धी सल्लाह दिने सम्मेलन
काठमाडौं । माध्यमिक तहको(प्लस टु) अध्ययन पूरा गरेर बसेका विद्यार्थीहरूलाई सम्भावना चिनाउन र अवसरहरुसँग जोड्न पहिलो पटक नेपालमा राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना गरिएको सो ‘करियर कन्क्लेभ’मा विद्यार्थीहरुको करियरलाई प्राथमिकतामा राखेर आयोजना गरिएको थियो ।
टेकस्पायर कलेजको मुख्य प्रयोजनमा भएको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले विद्यार्थीहरुलाई सम्बोधन गर्दै नेपालमा करियर बनाउन केही चुनौती देखिए पनि ती चुनौतीको सामना गर्नुपर्ने बताएका थिए । उनले करियर बनाउन विदेश जानु मात्र नभएको भन्दै विद्यार्थीहरुले नेपालमा भविष्य बन्ने प्रसस्त ठाउँहरूको खोजी गर्नुपर्ने सल्लाह दिए । मन्त्री पौडेलले यो पुस्ताको करियर खोज्दा भोग्नुपरेका समस्याको नीतिगत सुधार गर्नुपर्ने ठाउँमा सुधार गर्ने र युवापुस्तालाई यहीँ बस्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष लक्ष्मण पोख्रेलले विद्यार्थीहरुमाझ अहिलेको प्रतिस्पर्धी बजारमा प्रतिस्पर्धाका बीच पहिलो स्थानमा कसरी उभिने र १२ पास गरिसकेपछि अब तत्कालै के–के कुरा गर्ने भन्ने भिजन प्रस्तुत गरेका थिए ।
सम्मेलनमा ‘जीवन्त सिकाइ र बदलिँदो रोजगारीको बजार’ विषयमा नेपालको अग्रणी डिजिटल वाल्ट ई–सेवाका सह संस्थापक तथा यति एयरलाइन्सका सीईओ सुवास सापकोटा, आइडियाप्रेन्योर नेपालका संस्थापक सञ्जोग कोइराला, ह्याप्पी माइन्डसका संस्थापक श्रेया गिरीले प्यानलमा बहस गरेका थिए । उक्त बहसबाट विद्यार्थीहरुले व्यावहारिक ज्ञान र अहिलेको वास्तविक बजारबारे जानकारी पाएको आयोजकले जनाएको छ । कार्यक्रममा क्यनका सचिव पारस खड्का र उत्प्रेरक वक्ता शौनक भट्टले विद्यार्थीहरुलाई सम्बोधन गरेका थिए । यस्तै नितेशजंग कुँवर र समृद्धि राईको साङ्गीतिक प्रस्तुति र हाँस्यकलाकार सुमन कार्कीले प्रहसन प्रस्तुत गरेका थिए ।
सम्मेलनलाई कोड फर चेन्ज नेपालले सहआयोजना गरेको थियो भने पीसीपीएस कलेज सहप्रायोजकमा रहेको थियो । यस्तै कोड हिमालय, कुमारी बैंक, इन्ट्रान्स पार्क, आईएनआई सिनेमाज, एईसीसी ग्लोबल, क्वेस्नबैंक एआईले सम्मेलनलाई प्रायोजन गरेका थिए ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया