Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमन्दीको डरले विश्वभरको सेयरबजार प्रभावित

मन्दीको डरले विश्वभरको सेयरबजार प्रभावित


नयाँदिल्ली । अमेरिकी अर्थतन्त्रमा मन्दी आउने डरले विश्वबजारमा निराशा छाएको छ । एसियाली मुलुकका अधिकांश बजारमा गिरावट आएको छ । एसियाली बजारमा हङकङको ‘ह्याङसेङ’, जापानको ‘निक्केई’, दक्षिण कोरियाको ‘कास्पी’ र चीनको ‘सांघाइ कम्पोजिट’मा पनि भारी गिरावट आएको छ ।

जापानको सेयर परिसूचक ‘निक्केई–२२५’ अत्यधिक बिक्रीका कारण सोमबार १२ प्रतिशतभन्दा बढीले घटेको छ । यो गिरावट अमेरिकी अर्थतन्त्रमा आएको मन्दीको बीचमा आएको हो । निक्केई परिसूचक चार हजार चार सय ५१ अङ्कले घटेर ३१ हजार चार सय ५८ विन्दुमा झरेको छ ।

भारतको सेयरबजारमा पनि गिरावट
सोमबार भारतीय सेयरबजारमा पनि अमेरिकी बजारमा मन्दी आउने डरको असर देखापरेको छ । बम्बइ स्टक एक्सचेन्ज (बीएसई) ‘सेन्सेक्स’ दुई हजार दुई सय २२ अंक (दुई दशमलव ७४ प्रतिशत) घटेर ७८ हजार सात सय ५९ को स्तरमा बन्द भएको छ । उही समयमा, नेसनल स्टक एक्सचेन्ज (एनएसई) ‘निफ्टी’ छ सय ६२ अङ्कले घटेर २४ हजार ५५ विन्दुमा झरेको छ ।

अमेरिकी बजारमा गिरावट
अमेरिकी बजारमा पनि सोमबार गिरावट देखिएको छ । पुँजीबजारमा विदेशी संस्थागत लगानीकर्ताको सेयर बिक्री भइरहेको धितोपत्र बजारको तथ्याङ्कमा देखिएको छ । अमेरिकी बजारमा ‘डाओ जोन्स’, ‘नेस्डाक’ र ‘एसएन्डपी ५००’ सोमबार साँझसम्म दुई प्रतिशतभन्दा धेरैले घटेको थियो ।

युरोपेली बजारमा पनि गिरावट
युरोपेली धितोपत्र बजारका प्रमुख सूचकहरु पनि घटेका छन् । यूकेको एफटीएसई दुई प्रतिशतभन्दा धेरै, जर्मनीको ‘डाक्स’ एक दशमलव ८२ प्रतिशत, फ्रान्सको ‘क्याक ४०’ एक दशमलव ४२ प्रतिशत र स्वीट्जरल्याण्डको ‘एसएमआई’ दुई दशमलव आठ प्रतिशत घटेका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x