इरानलाई पराजित गर्दै नेपाल काभा महिला भलिबलको फाइनलमा
काठमाडौँ, नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० महिला नेशन्स लिग भलिबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको दास्रो सेमिफाइनलमा इरानलाई ३९० को सोझो सेटमा पराजित गर्दै नेपालले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा समूह चरणको हारको बदला लिँदै नेपालले इरानविरुद्ध शानदार जित दर्ता गर्यो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो सेट नेपालले इरानलाई २५९२१ ले पराजित गर्यो । इरानसँग १९५ ले पछि परेको अवस्थाबाट लगातार पाँच अङ्क जोडदै नेपालले अग्रता लिएको थियो । खेलको दोस्रो सेट भने निकै प्रतिस्पर्धात्मक रह्यो । एक समय १५९९ को अग्रता बनाएको नेपाल अन्त्यतिर २१९२४ ले पछि परेको थियो । त्यसपछि नेपालले लगातार तीन अङ्क जोड्दै खेललाई बराबरीमा ल्यायो र अन्ततः नेपालले इरानमाथि २८।२६ को जित निकाल्यो ।
खेलको तेस्रो सेट भने नेपालले २५।२० ले आफ्नो पक्षमा पार्न सफल भयो । प्रतियोगितमा नेपाल अङ्क तालिकाको दोस्रो र इरान तेस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेका थिए । यसअघि भएको लिग चरणको दोस्रो खेलमा इरानले नेपाललाई ३।२ को सेटमा पराजित गरेको थियो । सोही हारको बदला लिँदै नेपालले प्रतियोगिताको फाइनमा भारतसँगको भेट पक्का गर्न सफल भयो ।
लिग चरणको खेलमा नेपालले श्रीलङ्का र माल्दिभ्सलाई समान ३।० को सेट र भारतलाई ३।२ को सेटमा पराजित गरेको थियो । लिग चरणमा भारतसँग ३९१ को सेटमा पराजय बेहोरेको भने इरानले श्रीलङ्कालाई ३।२ तथा माल्दिभ्सलाई ३।० को सेटमा पराजित गरेको थियो ।
जितपछि नेपाली टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले अघिल्ला खेलमा भएका कमी कमजोरीलाई सुधार गर्दै इरानलाई पराजित गर्न सफल भएको बताए । बुधबार हुने फाइनलमा नेपाल भारतविरुद्ध लिगचरणमा निकालेको जितलाई निरन्तरता दिने उद्देश्यका साथ उत्रनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक भट्टले भारतविरुद्ध यसअघिको जितलाई निरन्तरता दिनेमा विश्वास व्यक्त गरे । उनले भने, “आज इरानविरुद्धको खेलमा तीन सेटमा खेलेकाले भोलि पनि तीनै सेटमा भारतलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्य लिएका छौँ ।” आजै भएको पहिलो सेमिफाइनलमा भारतले श्रीलङ्कालाई ३-० को सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको थियो ।रासस
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया