Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनौवटा विकास बैंकको नाफा बढ्दा तीनवटाको घट्यो

नौवटा विकास बैंकको नाफा बढ्दा तीनवटाको घट्यो


विकास बैंकहरूको नाफा बढेको छ । सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूमध्ये मंगलबारसम्म १२ वटा बैंकहरूले आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये मुक्तिनाथ, लुम्बिनी, कामना सेवा, सांग्रिला, महालक्ष्मी, सिन्धु, ग्रीन, कर्पोरेट र नारायणी डेभलपमेन्ट बैंकको खुद मुनाफा बढेको छ । तर, गरिमा, शाइन रेसुंगा र ज्योति विकास बैंकको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ । मुक्तिनाथ र गरिमा विकास बैंकले एक अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् ।

गत आर्थिक वर्षमा मुक्तिनाथ विकास बैंकले एक अर्ब २७ करोड ९१ लाख ३४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा तीन करोड रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्ष मुक्तिनाथको नाफा एक अर्ब २४ करोड ८२ लाख २६ हजार रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षमा शून्य दशमलव ९८ प्रतिशत रहेको मुक्तिनाथ विकास बैंकको निष्क्रिय कर्जा गत आर्थिक वर्षमा दुई दशमलव २६ प्रतिशत रहेको छ । गरिमा विकास बैंकले आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब १३ करोड ६१ लाख ८० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यस्तै निष्क्रिय कर्जा एक दशमलव ७० प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा एक अर्ब २६ करोड ४६ लाख ७६ हजार रुपैयाँ खुद मुनाफा कमाएको गरिमाको निष्क्रिय कर्जा एक दशमलव ७० प्रतिशत थियो । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८०/८१ मा ६९ करोड ७४ लाख ४५ हजार रुपैयाँ खुद मुनाफा र निष्क्रिय कर्जा तीन दशमलव ४३ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा ७५ करोड ८० लाख २८ हजार रुपैयाँ रुपैैयाँ खुद मुनाफा र निष्क्रिय कर्जा एक दशमलव ८१ प्रतिशत थियो ।

आर्थिक वर्ष २०८०/८१ मा लुम्बिनी विकास बैंकले ६० करोड ३७ लाख ८२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भने निष्क्रिय कर्जा तीन दशमलव २१ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ४९ करोड ७६ लाख ७२ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो भने निष्क्रिय कर्जा तीन दशमलव शून्य एक प्रतिशत थियो । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८०/८१ मा ६० करोड ३७ लाख ८२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भने निष्क्रिय कर्जा तीन दशमलव २१ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा ३६ करोड १३ लाख ६४ हजार रुपैयाँ खुद मुनाफा र तीन दशमलव शून्य नौ प्रतिशत निष्क्रिय कर्जा थियो । सांग्रिला डेभलपमेन्ट बैंकले पनि आर्थिक वर्ष २०८०/८१ मा ५२ करोड चार लाख ७३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भने निष्क्रिय कर्जा चार दशमलव शून्य आठ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा बैंकले २७ करोड चार लाख १२ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो भने निष्क्रिय कर्जा तीन दशमलव १६ प्रतिशत थियो । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८०/८१ मा ४७ करोड एक लाख ४१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भने निष्क्रिय कर्जा चार दशमलव ५८ प्रतिशत थियो ।

अघिल्लो आर्थिक वर्षमा ३७ करोड ७५ लाख ५४ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा तीन दशमलव ५१ प्रतिशत कर्जा निष्क्रिय थियो । ज्योति विकास बैंकले भने आर्थिक वर्ष २०८०/८१ मा २४ करोड ६५ लाख एक हजार रुपैयाँ खुद मुनाफा कमाउँदा चार दशमलव ९५ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ३० करोड १८ लाख १६ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा तीन दशमलव ४३ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । क्षेत्रीयस्तरको सिन्धु विकास बैंकले भने आर्थिक वर्ष २०८०/८१ मा पाँच करोड ९० लाख ६४ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा १० दशमलव १३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले २९ करोड ३७ लाख ५७ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो भने १० दशमलव ५२ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । ग्रीन डेभलपमेन्ट बैंकले भने आर्थिक वर्ष २०८०/८१ तीन करोड ८६ लाख ६१ हजार दुई सय ४७ रुपैयाँ रुपैयाँ खुद मुनाफा कमाउँदा तीन दशमलव १८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आर्थिक वर्षमा भने ग्रीनले एक करोड ६४ लाख ९५ हजार छ सय ७१ रुपैयाँ खुद मुनाफा कमाएको थियो भने निष्क्रिय कर्जा तीन दशमलव ३० प्रतिशत रहेको थियो ।

कर्पोरेट डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८०/८१ मा एक करोड ७८ लाख ६० हजार रुपैयाँ खुद मुनाफा कमाउँदा चार दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आर्थिक वर्षमा आठ लाख सात हजार रुपैयाँ खुद मुनाफा कमाएको उक्त बैंकमा सात दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । नारायणी डेभलपमेन्ट बैंकले पनि आर्थिक वर्ष २०८०/८१ मा २२ लाख चार हजार रुपैैयाँ खुद मुनाफा कमाउँदा ३५ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले सात करोड ८१ लाख रुपैयाँ खुद नोक्सानी बेहोर्दा २७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x