सिटिजन्स बैंक र नेपाल मेडिसिटी वयोधा हस्पिटलबीच समझदारी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगञ्ज, पर्सास्थित नेपाल मेडिसिटी बयोधा हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीअनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले नेपाल मेडिसिटी बयोधा हस्पिटलमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
बैंकले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना एक सय ९७ वटा शाखा, एक सय ६२ वटा एटीएम, तीन वटा विस्तार काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाईबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- प्रदूषण बढेपछि नयाँदिल्लीका विद्यालय बन्द
- खाद्यवस्तुको मूल्यवृद्धि उच्च: राष्ट्र बैंक प्रतिवेदन
- डोटी सवारी दुर्घटना: क्षतिपूर्तिको माग गर्दै के आई सिंह राजमार्ग अवरुद्ध
- महासंघमा साना तथा मझौला उद्यम विकास केन्द्र स्थापना
- एभरेस्ट कलरको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित
- नेपाल टेलिकम सम्मानित
- तारागाउँ रिजेन्सी सम्मानित
- आईटी क्षेत्रको अन्तर्राष्ट्रियस्तरको असोसियो अवार्ड कुँवरलाई
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया