Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंक र नमस्ते पेबीच सम्झौता

नबिल बैंक र नमस्ते पेबीच सम्झौता


काठमाडौं । नमस्ते पे र नबिल बैंकबीच प्रयोगकर्तालाई नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत सिधै नमस्ते पे वालेटमा पैसा लोड गर्न सक्ने सेवा प्रदान गर्ने समझदारी भएको छ । मंगलबार आयोजित एक कार्यक्रमका बीच नमस्ते पे वालेटका तर्फबाट डेपुटी सीईओ विनय बिजुक्छे र नबिल बैंकका तर्फबाट रिटेल कारोबार बैंकिङ प्रमुख निरज शर्माले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

नबिल बैंक र नमस्ते पेबीचको यो साझेदारीले प्रयोगकर्तालाई आफ्नो नमस्ते पे मोबाइल वालेटमा नबिल बैंकको मोबाइल बैंकिङ एपबाट सहजरूपमा पैसा लोड गर्न सक्ने सुविधा प्रदान गर्दछ । नमस्ते पे प्रयोगकर्ताले अब नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत सहज तरिकाले आफ्नो आवश्यकताअनुरूप पैसा लोड गरी विभिन्न सेवाहरूको भुक्तानी गर्न सक्नेछन् । नमस्ते पे र नबिल बैंकबीचको यो साझेदारीले डिजिटल भुक्तानी सेवामा सुविधाको विस्तार गरी उपभोक्ता अनुकूल सेवा प्रदान गर्न नमस्ते पेको प्रतिबद्धतालाई जोड दिन्छ ।

नमस्ते पे सधैं नयाँ सेवाहरू जस्तैः अफलाइन मोड, स्प्लिट बिल र रिक्वेस्ट मनीजस्ता सुविधाहरू प्रस्तुत गर्न अग्रणी रहेको छ । यी अपडेटहरू नमस्ते पेको डिजिटल भुक्तानी समाधानलाई सबैका लागि पहुँचयोग्य बनाउन, डिजिटल विभाजनलाई कम गर्न र नेपालमा वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्न गरिएको निरन्तर प्रयासको एक हिस्सा हो ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्वारा सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ । जसअनुरूप एस्ट्रिक पाँच सय ह्यास डायल गरेर नमस्ते पे प्रयोगकर्ताले अफलाइन सेवाहरूको फाइदा लिन सक्दछन् । रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानीजस्ता सेवाहरू अफलाइन उपलब्ध छन् । नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले अफलाइन सेवाहरू प्रयोग गर्न सक्छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x