विराटनगर महानगरसँग बीमा प्राधिकरणको अन्तर्क्रिया
काठमाडौं । नेपाल बीमासम्बन्धी जनचेतना विस्तारका लागि विराटनगरमा विराटनगर महानगरपालिकासँग बीमासम्बन्धी अन्तर्क्रिया एवम् छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बीमा क्षेत्रको विकास एवम् विस्तारका लागि नेपाल बीमा प्राधिकरणसँग सहकार्य गर्न महानगरपालिका तयार रहेको बताए । प्रमुख कोइरालाले अन्तर्राष्ट्रियस्तरमा विकसित बीमासम्बन्धी नवीनतम प्रविधि र अभ्यास नेपालमा पनि भित्र्याउनुपर्ने आवश्यकता औँल्याए ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल सरकारको बीमासम्बन्धी सल्लाहकार समेत रहेको नेपाल बीमा प्राधिकरण प्रदेश सरकार र स्थानीय सरकारलाई बीमासम्बन्धी नीतिगत सल्लाह एवम् सुझाव दिन तयार रहेको बताए । अध्यक्ष सिलवालले स्थानीय सरकारले अनुदानका लागि छुट्याउने बजेटबाट गरिब तथा न्यून आय भएका वर्गको बीमा गरिदिने व्यवस्था गरेमा बीमामार्फत लक्षित वर्गलाई दीर्घकालीनरूपमा फाइदा हुने र स्थानीय तहलाई पनि विपद्का बेला आर्थिक भार नपर्ने बताए । अध्यक्ष सिलवालले महानगरपालिकालाई आफ्ना भवन तथा सम्पत्तिको बीमा गरी आर्थिक सुरक्षण गर्न आग्रह गर्दै त्यसबाट नागरिकलाई पनि घर तथा सम्पत्तिको बीमा गर्न प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशील देव सुवेदीले प्राधिकरणका काम कारबाही, बीमाको महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया र बीमा क्षेत्रको विकास एवम् विस्तारमा स्थानीय तहको भूमिकासम्बन्धी प्रस्तुति गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले बीमा दाबी भुक्तानी प्रक्रिया झन्झटिलो रहेको, समयमा बीमा दाबी नपाएको, तीन–चार वर्षमा सरेन्डर गर्दा रकम नपाउने अवस्था रहेको, बजार मूल्यभन्दा निकै कममा पशुबीमाको बीमाङ्क निर्धारण गर्दा किसानहरूलाई मर्कापरेकोलगायतका धारणा राखेका थिए । कार्यक्रममा विराटनगर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी, विभिन्न संस्थाका प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका पदाधिकारी, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख विनोद कुमार पोखरेलले गरेका थिए ।
क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 6
ताजा अपडेट
- प्रदूषण बढेपछि नयाँदिल्लीका विद्यालय बन्द
- खाद्यवस्तुको मूल्यवृद्धि उच्च: राष्ट्र बैंक प्रतिवेदन
- डोटी सवारी दुर्घटना: क्षतिपूर्तिको माग गर्दै के आई सिंह राजमार्ग अवरुद्ध
- महासंघमा साना तथा मझौला उद्यम विकास केन्द्र स्थापना
- एभरेस्ट कलरको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित
- नेपाल टेलिकम सम्मानित
- तारागाउँ रिजेन्सी सम्मानित
- आईटी क्षेत्रको अन्तर्राष्ट्रियस्तरको असोसियो अवार्ड कुँवरलाई
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया