Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमच्छेगाउँमा दुई दिन लाखे नाच महोत्सव हुने

मच्छेगाउँमा दुई दिन लाखे नाच महोत्सव हुने


काठमाडौं । चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँमा दुई दिने लाखे नाच महोत्सव हुने भएको छ । हरेक वर्ष आयोजना हुँदै आएको राष्ट्रिय लाखे नाच महोत्सव यस वर्ष भदौ १४ र १५ गते हुने भएको हो ।

नेपाल सांस्कृतिक कला मन्दिर, मच्छेगाउँको आयोजनामा सो महोत्सव हुन लागेको हो । आयोजकले चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीको प्रमुख अतिथ्यतामा पत्रकार सम्मेलन गरी लाखे नाच महोत्सवको ब्यानर सार्वजनिक गरेको छ । योसँगै महोत्सवको औपचारिक प्रचारप्रसार सुरु भएको बताइएको छ । मेयर गिरीले चन्द्रागिरि नगरमा आयोजना हुँदै आएको लाखे नाच प्रदर्शनीले देशभरका नेवार समुदायको कला संस्कृति एकै स्थानमा देख्न, हेर्न पाइनुका साथै यसले संस्कृति जगर्नेमा समेत ठूलो टेवा पु¥याएको बताए । उनले युवा पुस्तामा पनि आफ्नो संस्कृति, परम्परा र मौलिकता उजागर गर्न यो महोत्सवले ठूलो सन्देश दिएको बताए ।

आयोजक संस्था नेपाल सांस्कृतिक कला मन्दिरका अध्यक्ष रमेश शाहीले गत वर्ष ६० भन्दा धेरै लाखे नाच प्रदर्शनी भएको बताए । यसपालि ४५ जिल्लाबाट सहभागीता हुने दाबी गरे । यसपटकको प्रदर्शनीको नारा ‘आफ्नो ठाउँको मौलिक कला र संस्कृति साटासाट गरौँ’ राखिएको छ । आधुनिक संस्कार र संस्कृतिमा रमाइरहेका युवा जमातलाई आफ्नो मौलिक कला संस्कृति र पहिचानको बारेमा अवगत गराई उनीहरूलाई प्रत्यक्ष अनुभव गराउनु नै प्रदर्शनीको मुख्य उद्देश्य रहेको आयोजक संस्थाले बताएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x