पोखरा उद्योग वाणिज्य संघको अधिवेशन भदौमा
पोखरा । पोखराको सबैभन्दा पुरानो संस्था पोखरा उद्योग वाणिज्य संघको ७०औँ वार्षिक साधारणसभा तथा ३५औँ अधिवेशन भदौ अन्तिममा हुने भएको छ । संघका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा हालै बसेको कार्यसमिति बैठकले भदौ २८ र २९ गते साधारणसभा र अधिवेशन गर्ने निर्णय गरेको हो ।
अधिवेशनअन्तर्गत हुने निर्वाचन कार्य सम्पन्न गर्न पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति बनाइएको संघले जनाएको छ । नयाँ नेतृत्वसमेत चयन गर्ने भएकाले अधिवेशनलाई पोखरेलीले चासो र महत्वका साथ हेरेका छन् । मिति घोषणा भएसँगै चुनावी माहोल पनि सुरु भएको छ । संघको विभिन्न पदमा आकांक्षा राखेकाहरू मतदाता व्यवसायी भेटघाटमा लागिसकेका छन् । साथै केही भने उम्मेदवारी घोषणाका लागि समूह बनाउने तयारीमा जुटेका छन् । संघको नयाँ नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की र गत अधिवेशनमा अध्यक्ष पदका उपविजेता अर्जुन पोखरेललाई सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ ।
वरिष्ठ उपाध्यक्ष कार्कीले आफू वर्तमान वरिष्ठ उपाध्यक्ष रहेका कारण स्वाभाविकरूपमा अध्यक्ष पदको उम्मेदवार बन्ने बताइसकेका छन् । साथै, उनले चाँडै आफ्नो टिम (समूह) घोषणासहित निर्वाचनमा सहभागी हुने बताएका छन् । पोखरेलले भने औपचारिकरूपमा केही बोलेका छैनन् । तर आफू पनि अध्यक्ष पदको आकांक्षी रहेको संकेत भने गरेका छन् । संघमा करिब तीन हजार तीन सय मतदाता छन् । पछिल्ला वर्षमा संघको भूमिका प्रभावकारी हुन नसकेको भन्दै व्यवसायीले गुनासो गर्दैै आएका छन् । संघले पोखराका जल्दाबल्दा विषयमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । पोखरा विश्वविद्यालय स्थापना, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पोखराको फुटपाथ व्यवस्थापन, खानेपानी आपूर्तिलगायतमा संघले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया