द टाइम्स कलेजले रोजगारीको ग्यारेन्टीसहितको कक्षा सञ्चालन गर्ने
काठमाडौं । डिल्लीबजारस्थित द टाइम्स इन्टरनेसनल कलेजले रोजगारीको ग्यारेन्टीसहितको बीबीएम र बीसीए कार्यक्रम सञ्चालन गर्ने भएको छ । कलेजले दूरशिक्षाको सहयोग तथा विश्वको सबैभन्दा ठूलो अनुसन्धान संस्था तथा विश्वकै सबैभन्दा ठूलोमध्येको एक आईटी कम्पनी आईबीएमको करियर एजुकेसनसँगको सहकार्यमा बीबीएम र बीसीए कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा दिँदै आएको यस कलेजले स्वदेशमै अन्तर्राष्ट्रियस्तरको शिक्षा उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको कलेजका प्रबन्ध निर्देशक दिपक न्यौपानेले जानकारी दिए । विद्यार्थीलाई विश्वव्यापीरूपमा सक्षम र सफल बनाउन आवश्यक आधुनिक भौतिक पूर्वाधारसहित सञ्चालित यस कलेजको आफ्नै अत्याधुनिक र सुविधा सम्पन्न ल्याब, पुस्तकालय, छात्रावास, यातायातका साधन, क्याफ्टेरिया, खेल मैदान रहेका छन् । शैक्षिक क्षेत्रमा मात्र नभएर खेलकुदलगायतका अतिरिक्त क्रियाकलापमा समेत यस कलेजले उत्कृष्ट स्थान हासिल गर्दै आएको न्यौपानेले बताए । कलेजका विद्यार्थीहरूले शैक्षिक र पेशागत क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पाएको सफलताले यसको गुणस्तरलाई प्रमाणित गरिरहेको उनको भनाइ छ ।
विभिन्न सेमेस्टरहरूमा त्रिभुवन विश्वविद्यालयमा राष्ट्रियरूपमै उत्कृष्ट स्थान हासिल गर्दै आइरहेको यस कलेजमा बीबीएम, बीसीए, बीए एसडब्लु, बीबीएस र एमबीएसका साथै कक्षा ११ र १२ का कक्षाहरू पनि सञ्चालन भइरहेका छन् । त्रिभुवन विश्वविद्यालयसँगको सम्बन्धनमा सञ्चालन गरिएका बीबीएम र बिसिएका कार्यक्रममा आईबीएमसँगको सहकार्यले विद्यार्थीहरूका लागि विश्वव्यापी अवसरहरूको ढोका खुल्ने उनले बताए । साथै, विद्यार्थीहरू विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूमा रोजगारी प्राप्त गर्न सफल हुने उनको दाबी छ ।
‘सम्पूर्ण उत्तीर्ण विद्यार्थीहरूलाई रोजगारीको ग्यारेन्टी छ । एकातिर त्रिविको सेमेस्टर कार्यक्रम अर्कोतिर आईबीएमको तालिम, त्यसले विद्यार्थीलाई व्यावसायिक र प्राविधिक क्षेत्रमा सफल हुन आवश्यक सिपहरूले निपूर्ण बनाउने र उद्यमशीलता समेत प्रवद्र्धन गर्छ,’ उनले भने ‘उनीहरू आफ्नै पेसा व्यवसाय सफलरूपमा सञ्चालन गर्न र विश्वका विभिन्न अन्तर्राष्ट्रिय कम्पनीहरूमा रोजगारीका अवसर प्राप्त गर्न सफल हुन्छन् ।’ जुनसुकै आर्थिक अवस्थाका भए पनि जेहेन्दार विद्यार्थीले यस्ता प्रभावकारी शैक्षिक कार्यक्रमबाट बञ्चित हुनुहुँदैन भन्ने कलेजको मान्यता रहेकाले यी विषय अध्ययनका लागि न्यूनतम शुल्क नै कायम गरिएको उनले बताए ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया