ब्रिटिस काउन्सिलको शैक्षिक एजेन्ट र परामर्शदाताको सेमिनार
काठमाडौं । ब्रिटिस काउन्सिलले संयुक्त अधिराज्य (युके) मा विद्यार्थीहरूको शैक्षिक अनुभव वृद्धि गर्न एजेन्ट र परामर्शदाताहरूका लागि सेमिनार आयोजना गरेको छ । युकेको शैक्षिक अवसर तथा सांस्कृतिक सम्बन्धका लागि अन्तर्राष्ट्रिय संस्था ब्रिटिस काउन्सिलले हालै सो सेमिनार आयोजना गरिएको हो ।
कार्यक्रममा नेपालभरका एजेन्ट र विद्यालय परामर्शदाताहरूको सहभागिता रहेको थियो । नेपाली विद्यार्थीहरूका लागि युके एक प्रमुख अध्ययन गन्तव्यको रूपमा रहेको छ । विद्यार्थीहरूले युकेलाई उच्चस्तरीय शिक्षा प्राप्त गर्नका साथै व्यक्तिगत तथा व्यावसायिक विकासका लागि अवसरहरू खोज्ने मौकाका लागि रोज्ने गरेका छन् । विद्यार्थीहरूको सो यात्रालाई सहज बनाउन एजेन्टहरू र परामर्शदाताहरूको महत्व बुझ्दै ब्रिटिस काउन्सिलले उनीहरूलाई युकेमा अध्ययन गर्न र विद्यार्थीहरूलाई प्रभावकारीरूपमा सहयोग गर्नको लागि सम्बन्धित जानकारी दिनको लागि सो कार्यक्रम आयोजना गरेको थियो ।
सो सेमिनारको नेतृत्व ब्रिटिस काउन्सिलको स्टडी युके युनिटका प्रतिनिधि, बेलायतको भिसा तथा अध्यागमन र ब्रिटिस युनिभर्सिटी इन्टरनेसनल लाइजन एसोसिएसनका प्रतिनिधिहरूले गरेका थिए । एजेन्ट र काउन्सिलर बैठकले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको गतिशीलता सक्षम पार्ने र विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक प्रयासमा सफलताको निम्ति आवश्यक सहयोग प्राप्त गर्ने सुनिश्चित गर्ने जनाइएको छ । ब्रिटिस काउन्सिलले एजेन्ट क्वालिटी फ्रेमवर्कजस्ता पहलहरूमार्फत विद्यार्थीलाई भरपर्दो मार्गदर्शन र सहायता प्रदान गर्न आवश्यक नैतिक मापदण्ड र ज्ञानले एजेन्ट र परामर्शदाताहरूलाई सुसज्जित पार्ने लक्ष्य राखेको छ ।
कार्यक्रममा नेपालस्थित बेलायती दूतावासका डेपुटी हेड अफ मिसन लुक ब्युमन्टले पछिल्लो हिसा २०२२–२३ डेटाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि गन्तव्यको रूपमा युकेको लोकप्रियता बढ्दै गएको देखाएको बताए । सन् २०२२ को तुलनामा सन् २०२३ मा अध्ययनका लागि युके जाने नेपाली विद्यार्थीको संख्या ८२ प्रतिशतले बढेको छ ।
ब्रिटिस काउन्सिल नेपालका देशीय निर्देशक शाहिदा म्याकडुगलले ब्रिटिस काउन्सिलले समावेशी, उच्च गुणस्तरको शिक्षण र सिकाइलाई अभिवृद्धि गर्नका लागि नेपालका सबै तहका सरकारहरूसँग सहकार्य गर्दै आएको बताइन् । जलवायु परिवर्तन, मानसिक स्वास्थ्य, सम्पदा र लैङ्गिक समानताजस्ता महत्वपूर्ण विश्वव्यापी मुद्दाहरू समेत सहकार्य गर्दै आएको उनले जानकारी दिइन् । यस्तै, ब्रिटिस काउन्सिलले भर्खरै नयाँ, निःशुल्क एजेन्ट र परामर्शदाता प्रशिक्षण र अन्तरक्रियात्मक हब सुरु गरेको जनाएको छ । यसले विश्वभरका शिक्षा सल्लाहकारहरूलाई युकेको शिक्षा प्रणाली र अन्तर्राष्ट्रिय अध्ययन गन्तव्यको रूपमा देशको बारेमा सम्पूर्ण जानकारी प्रदान गर्ने जनाइएको छ ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया