बौद्धिक सम्पत्तिमार्फत आफ्नो उत्पादनको रक्षा गर्दै स्वदेशी उत्पादनकर्ता
उद्योगी तथा व्यवसायीहरूले पछिल्लो समय बौद्धिक सम्पत्तिमार्फत आफ्नो उत्पादनको सुरक्षा गर्दै आएका छन् । नेपाली उत्पादनलाई भारतीय व्यापारीहरूले आफ्नो उत्पादन भनी ट्रेडमार्क, पेटेन्ट र डिजाइन राखी विश्वबजारमा पु¥याएको अवस्थामा नेपाली उत्पादनकर्ताले आफ्नो उत्पादनको सुरक्षा बौद्धिक सम्पत्तिमार्फत गर्दै आएका हुन् । स्वदेशी उत्पादनकर्ताहरूले आफ्नो उत्पादनको नक्कल नगरियोस्, बजार सुरक्षा होस्, पहिचान होस्लगायतका उद्देश्य राखी पछिल्लो समय बौद्धिक सम्पत्तिको सुरक्षामा विशेष ध्यान दिन दिएका कारण उद्योग विभागमा बौद्धिक सम्पत्ति मानिने ट्रेडमार्क, पेटेन्ट र डिजाइन दर्ताको संख्या बढेको छ । विभागमा हालसम्म करिब ५६ हजार ट्रेडमार्क दर्ता भएका छन् जसमध्ये करिब ३० हजार स्वदेशी र २५ हजार विदेशी छन् । करिब तीन सयवटा पेटेन्ट तथा डिजाइन दर्ता भएका छन् । आर्थिक वर्ष २०८०/८१ मा छ हजार ५१ वटा ट्रेडमार्क, ११ वटा डिजाइन र दुई वटा पेटेन्ट दर्ता भएकोे छ ।
असारमा मात्रै पाँच सय ५७ वटा ट्रेडमार्क दर्ता भएको छ । आर्थिक वर्ष २०७९/८० मा भने तीन हजार दुई सय ५४ वटा ट्रेडमार्क, १८ वटा डिजाइन र पाँचवटा प्याटेन्ट दर्ता भएको छ । ट्रेडमार्कको दर्ता उत्साहजनक हुँदा डिजाइन न्यून र पेटेन्टको दर्ता नै नभएको जस्तो अवस्था छ । यसअघि बौद्धिक सम्पत्ति दर्तालाई लिएर स्वदेशीको तुलनामा विदेशी उत्पादनकर्ताहरू ठूलो संख्यामा आउने गरेका थिए । तर, पछिल्लो समय विदेशीसँगै स्वदेशी उत्पादनकर्ताहरू समेत बौद्धिक सम्पत्तिको रक्षा गर्नका लागि विभागसमक्ष आउने गरेको विभागका अधिकारीहरूको भनाइ छ । विदेशी उत्पादनकर्ताहरूको हकमा भने अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ब्रान्डहरू बौद्धिक सम्पत्ति दर्ता गर्न आउनेगरेका छन् । उनीहरूले आफ्नो उत्पादनको ट्रेडमार्क, पेटेन्ट र डिजाइन तथा चिह्नहरूले अन्य उत्पादनकर्ताहरूले नक्कल नगरोस् भनेर विभाग पुगेका हुन्छन् । यसरी बौद्धिक सम्पत्तिको सुरक्षा गर्नेमा नेपालमा रहेको बहुराष्ट्रिय कम्पनीहरूको उत्पादन जस्तोः कोकाकोला, पेप्सी, युनिलिभर, अमुल, नाइक, कान्साइ पेन्टलगायतका विविध किसिमका उत्पादन रहेको छ । आफ्नो उत्पादनसँगै ट्रेडमार्क, पेटेन्ट र डिजाइन लिएर आउने उत्पादनकर्ता अर्थात् उद्योगीहरूको संख्या बढेको उद्योग विभागले बताएको छ । हाल बौद्धिक सम्पत्ति दर्ताको लागि करिब एक लाख आवेदन परेको सूचना अधिकारी ओलीले जानकारी दिए ।
ट्रेडमार्क, डिजाइन र पेटेन्ट दर्ताका लागि निवेदन आएपछि विभागले दाबी विरोध गर्नका लागि सूचना आह्वान गर्दछ । ट्रेडमार्क, प्याटेन्ट तथा डिजाइन विभागमा दर्ता भएपछि बोधार्थका लागि विभागबाट मन्त्रालय, उद्योग वाणिज्य महासंघ, व्यपार संघ, आन्तरिक राजस्वमा पठाइने प्रचलन छ । ट्रेडमार्क, प्याटेन्ट तथा डिजाइन विभागमा दर्ता भएपछि सबैको जानकरीको लागि विभागले वेबसाइटमा समेत राख्ने गरेको छ । यसरी विभिन्न निकायमा जानकारी गराई तथा वेबसाइटमा राखेको ९० दिनभित्र दाबी विरोध नआएमा निवदेकले ट्रेडमार्क चिह्न प्राप्त गर्ने प्रावधान रहेको उनीहरूको भनाइ छ । उत्पादक-कलकारखाना तथा औद्योगिक प्रतिष्ठान)ले आफ्नो उत्पादित वस्तुको विषयमा उपभोक्तालाई सहज होस् भन्ने उद्देश्यका साथ तयार गरेको ट्रेडमार्क चिह्नसहित विभागमा निवदेन दिनुपर्छ । निवेदन दिएपछि उद्योग विभागका दुई अधिकारीहरूले त्यसको प्रारम्भिक परीक्षणदेखि लिएर सारभूत परीक्षण गर्छन् । प्रारम्भिक परीक्षणका क्रममा उद्योग दर्ता, प्यान दर्ता, कम्पनीका सञ्चालक समितिहरूको निर्णयलगायत हेरिन्छ भने सारभूत परीक्षणको क्रममा नाम, चिह्न, बनोट तथा सो ट्रेडमार्कको लागि आवेदन परेको छ÷छैन वा स्वीकृति दिएको छ÷छैन लगायतको विषय हेरिन्छ ।
नेपाली उत्पादनकर्ताहरूमा बौद्धिक सम्पत्तिसम्बन्धी चेतना उजागर भए पनि नक्कल गर्ने प्रवृत्ति भने कायम रहेको निजी क्षेत्रका अधिकारीहरू बताउँछन् । नेपालको अर्थतन्त्रमा विश्वका उपभोक्तामाझ परिचित चिह्न, डिजाइन ट्रेडमार्क नक्कल गरी आफ्नो उत्पादनमा राख्ने प्रवृत्तिमा कमी आए पनि त्यसको पूर्ण बन्देज हुन नसेकेको उनीहरूको भनाइ छ । बौद्धिक सम्पत्तिको रक्षा गर्नका लागि सरकारले निर्माण गरेको ऐन पर्याप्त नभएको पाइन्छ ।
नेपालमा पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ तथा प्रतिलिपि अधिकार ऐन २०५९ ले बौद्धिक सम्पत्तिको रक्षा गर्न गरेको पाइन्छ । जुन पर्याप्त छैन । निकै पुरानो भइसकेको र सो समयमा लागि उपयुक्त मानिएको उक्त ऐन हाल अपुरो बन्दै गएको छ । यसैबीच सरकारले २०७३ मा बौद्धिक सम्पत्ति नीतिमा भौगोलिक सङ्केत, वनस्पति प्रजाति संरक्षणलगायतका गरी सातवटा क्षेत्र थप गरेको थियो भने थप गरिएको क्षेत्रमा भौगोलिक सङ्केत, वनस्पति प्रजाति संरक्षणका साथै व्यापारिक गोपनीयता, एकीकृत सर्किटको लेआउट डिजाइन, परम्परागत तथा मौलिक ज्ञान, परम्परागत सांस्कृतिक अभिव्यक्ति तथा अमूर्त सांस्कृतिक सम्पदा, जैविक विविधता र अनुवांशिक रहेको छ ।
नेपालले २०६३ सालमा विश्व व्यपार संगठन (डब्लूटीओ)को सदस्य लिएसँगै ट्रेडमार्क, पेटन्ट, डिजाइनलाई लिएर औद्योगिक प्रतिष्ठानले चासो बढाएका हुन् । २०२२ मा आएको प्याटेन्ट, डिजाइन ट्रेडमार्क ऐन संशोधनभई प्याटेन्ट, डिजाइन ट्रेडमार्क ऐन २०६४ जारी गरिएको छ । जसले बौद्धिक सम्पत्ति संरक्षणको लागि सहज बनाएको छ ।
क्याटेगोरी : पर्यटन उधोग, समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया