फर्स्ट माइक्रो फाइनान्सको खुद नाफा १७ करोड ४२ लाख
काठमाडौं । फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा १७ करोड ४२ लाख ९० हजार तीन सय ८८ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा १९ करोड ८१ लाख ५४ हजार एक सय २३ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब २३ करोड ३६ लाख २६ हजार नौ सय दुई रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा सात अर्ब ४४ करोड ९० लाख ८४ हजार एक सय ८५ रुपैयाँ कर्जा प्रवाह गर्दा ३० करोड ८१ लाख ७५ हजार छ सय ३७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । सो अवधिमा दुई दशमलव शून्य सात प्रतिशत कर्जा निष्क्रिय रहेको संस्थाको स्प्रेडदर दुई दशमलव १४ प्रतिशत रहेको छ भने वितरयोग्य नाफा १३ करोड ६९ लाख २७ हजार चार सय ११ रुपैयाँ रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले सात अर्ब ६५ करोड ६२ लाख १५ हजार आठ सय १२ रुपैयाँ कर्जा प्रवाह गर्दा ४३ करोड ३२ लाख ५६ हजार तीन सय ५२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । उक्त अवधिमा शून्य दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको संस्थाको स्प्रेडदर भने दुई दशमलव २७ प्रतिशत रहेको थियो । उक्त अवधिमा संस्थाको वितरणयोग्य नाफा भने १८ करोड १५ लाख ७६ हजार एक सय ३३ रुपैयाँ रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- प्रदूषण बढेपछि नयाँदिल्लीका विद्यालय बन्द
- खाद्यवस्तुको मूल्यवृद्धि उच्च: राष्ट्र बैंक प्रतिवेदन
- डोटी सवारी दुर्घटना: क्षतिपूर्तिको माग गर्दै के आई सिंह राजमार्ग अवरुद्ध
- महासंघमा साना तथा मझौला उद्यम विकास केन्द्र स्थापना
- एभरेस्ट कलरको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित
- नेपाल टेलिकम सम्मानित
- तारागाउँ रिजेन्सी सम्मानित
- आईटी क्षेत्रको अन्तर्राष्ट्रियस्तरको असोसियो अवार्ड कुँवरलाई
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया