Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलिबर्टी माइक्रो लाइफको सुरक्षित बाल भविष्य योजना

लिबर्टी माइक्रो लाइफको सुरक्षित बाल भविष्य योजना


काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बालबच्चा लक्षित नयाँ बीमालेख सुरक्षित बाल भविष्य योजनाको बिक्री सुरु गरेको जानकारी दिएको छ । कम्पनीका अनुसार यो बीमालेखअन्तर्गत एक महिनादेखि १७ वर्ष उमेरसम्मका बालबालिकाको जीवन बीमा गरिन्छ । यो बीमालेखले बालबालिकाको शिक्षाको सुनिश्चितताका साथै उच्च शिक्षा, विवाह/ब्रतबन्धजस्ता सामाजिक कार्य वा पेसा व्यवसाय सुरु गर्नका आर्थिक स्रोत प्रदान गरी उज्वल भविष्य निर्माणमा सहयोग गर्छ । यस योजनाअन्तर्गत न्यूनतम आठ वर्षदेखि अधिकतम २५ वर्ष अवधिसम्मको बीमा गर्न सकिने र न्यूनतम बीमाङ्क रकम २५ हजार रुपैयाँदेखि अधिकतम बीमाङ्क रकम पाँच लाख रुपैयाँसम्म लिन सकिनेछ ।

कम्पनीले ल्याएको बालबच्चाको बीमालेखका विशेषता तथा आर्कषणहरू आफ्नो बालबच्चाको उज्वल भविष्य सुनिश्चित गर्न उपयुक्त बीमा योजना भएको, बीमालेखको अवधि समाप्तिमा बीमाङ्क रकम तथा प्रत्याभूत गरिएको आयसहित प्राप्त हुने एकमुष्ठ रकमले बालबच्चाको उच्च शिक्षा, पेसा व्यवसाय तथा विवाह ब्रतबन्धजस्ता सामाजिक कार्यका लागि आर्थिक स्रोतको सुनिश्चितता प्रदान रहेको छ । यसैगरी बालबच्चाको बीमा गर्दा प्रस्तावक (बुबा/आमा/कानुनी संरक्षक) को पनि जोखिम रक्षावरण हुने, बीमा गरेको अवधि १९ वर्ष वा सोभन्दा कम भएमा २५ रुपैयाँ प्रतिहजार प्रतिवर्ष र २० वर्ष वा सोभन्दामाथि भएमा ३५ रुपैयाँ प्रतिहजार प्रतिवर्ष आय प्रत्याभूत गरिएको छ ।

यसैगरी सस्तो/किफायती बीमाशुल्क दर भएकाले न्यून आयवर्गलगायत सबैका लागि सुहाउँदो बीमा योजना भएको, अनलाइन माध्यमबाट सरल एव छरितो तरिकाले घरमै बसी बीमा आवेदन गर्न, बीमाशुल्क भुक्तानी गर्न तथा बीमालेख प्राप्त गर्न सकिने, उक्त बीमालेखसँग प्रस्तावकले दुर्घटना मृत्यु लाभ तथा पूर्ण स्थायी अशक्तता लाभ सुविधा थोरै अतिरिक्त बीमाशुल्क तिरी लिन सकिने कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x