Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारक्लीन फिड नीति कार्यान्वयनको लाजमर्दो अवस्था !

क्लीन फिड नीति कार्यान्वयनको लाजमर्दो अवस्था !


काठमाडौं । क्लीन फिड नीति लागू गर्दा विज्ञापन बजार १५ अर्ब पुग्ने सतही र हावादारी आश्वासन प्रक्षेपण गरेर केही व्यक्तिको स्वार्थपूर्तिका लागि विनाकार्ययोजना लागू गरिएको थियो भन्ने कुरा अब आरोपमा मात्रै सीमित रहेन र समयक्रमसँगै स्पष्ट हुँदै गएको छ । क्लीन फिड लागू भएको यतिका समय बितिसक्दा पनि नेपाली डिजिटल सञ्चार बजार विस्तार भएकोे छैन र विज्ञापन बजार उल्टै सुक्दै गएर अधिकांश टीभी च्यानलहरू बन्द हुने अवस्थामा पुगेका छन् ।

विदेशी च्यानलहरूमा बज्ने विज्ञापन रोक्नु क्वीन फिड तीतिको उद्देश्य हो । तर, अहिले पनि विदेशी च्यानलमा उनीहरूको विज्ञापन हटेर नेपाली विज्ञापन बजेको छैन । त्यसो हुनुमा नेपाली विज्ञापनको अभाव हुनु एक प्रमुख कारण हुनसक्छ तर त्योभन्दा पनि ठूलो समस्या त्यस नीतिलाई कार्यान्वयन गर्ने निकायमा इच्छाशक्ति नहुनु र तदारुकता नदेखाउनु नै हो ।

अहिले विदेशी च्यानलहरूमा क्लीन फिड नीतिको विकृत रूपको लाजमर्दो अवस्था देखिएको छ । कुनै पनि विदेशी च्यानल हेर्दै जाँदा उसले बजाउने विज्ञापनको समयमा टीभी बन्द हुन्छ, अर्थात् खाली देखिन्छ । त्यो कार्यक्रम फेरि कतिबेला सुरु होला भनेर दर्शकले कुरेर बस्नुपर्ने हुन्छ या अर्को च्यानलमा जानुपर्ने हुन्छ । क्लीन फिड नीतिका लठैत सुत्राधारहरूले विदेशी च्यानलमा रहेको विदेशी विज्ञापन हटाएपछि नेपाली विज्ञापन बजाउन सक्नुपथ्र्यो तर त्यो बजाउन सकेनन् । उनीहरूले नसकेको मात्र होइन बजाउने प्रयत्न नै गरेका छैनन् । विदेशी विज्ञापन हटाउनु नै उनीहरूको उद्देश्य थियो, हटाएर त्यसैलाई आफ्नो पुरुषार्थ ठान्दै आएका छन् ।

नेपालमा खासगरी भारतीय टीभी च्यानलहरू बढी मात्रामा हेरिन्छ । जड सूत्रवादी कम्युनिस्टहरूले विगत लामो समयदेखि भारतीय च्यानलहरू बन्द गर्नुपर्ने माग गर्दै आएका छन् । तर, उनीहरू सफल हुन सकेका छैनन् । भारतको विरोधलाई नेपाली राष्ट्रवाद ठान्ने मण्डले सोचबाट दिग्भ्रमित पदसूत्रवादी कम्युनिस्टहरूले भारतीय पक्षको विरोधबाटै आफ्नो शक्ति विस्तार गर्दै आएका छन् र भारतको विरोधको भ¥याङ चढेरै सत्तारोहण गर्नेगरेका छन् ।

भारतीय डिजाइन लगानी र भारतीय भूमि प्रयोग गरेर भएको कथित माओवादी जनयुद्ध त्यसको पछिल्लो ताजा उदाहरण हो । उसैको आडमा उभिएको जनयुद्धमा भारतविरुद्ध सुरुङ युद्ध गर्ने र मिसायल आक्रमण गर्ने घोषणा समेत गरेका थिए । भारतीय नम्बरप्लेटका गाडी नेपाल प्रवेश गर्ने र हिन्दी सिनेमा प्रदर्शन गर्न प्रतिबन्ध लगाउने पटक–पटक घोषणा गरेका थिए । तर, भारतमै १२ बुँदे सम्झदारी भएर माओवादी शान्ति प्रक्रिया भनेर जंगलबाट काठमाडौं आउँदा भारतीय नम्बरप्लेटकै गाडी लर्को लगाएर भित्रिएका थिए । उनै जडसूत्रवादी कम्युनिस्टहरूले पनि कार्यान्वयन गर्न नसकेको काम अहिले विदेशी टीभी च्यानलका वितरकहरूले गरिदिएका छन् तर उनीहरूले राष्ट्रियता जगेर्ना गर्नका लागि जडसूत्रवादी कम्युनिस्टहरूले भनेजस्तो गरेर विदेशी च्यानल बन्द गराएका होइनन् । ती च्यानल नेपालमा देखाउन एजेन्सी लिएर नेपाली उपभोक्तासँग त्यसबापत शुल्क उठाए तर विदेशी च्यानललाई तिर्नुपर्ने शुल्क तिरेनन् । आर्थिक बेइमानी गरिरहे, विदेशी च्यानललाई ठगे, आफू ठगिएपछि विदेशी टीभी च्यानलले नेपालमा प्रशारण बन्द गरिदिए । यथार्थ यो हो तर अन्तर्यमा विदेशी च्यानल बन्द हुँदा जडसूत्रवादी कम्युनिस्टहरूको माग पूरा भएको जस्तो देखिएको मात्रै हो । यथार्थ त्यो होइन ।

यी दुई प्रसङ्गबीच धेरै ठूलो भिन्नता छ । तर, च्यानल नै बन्द भएपछि क्लीन फिड नीतिले समेत कार्यान्वयन गर्न नसकेको समाचारमा मात्र होइन, सबै झन्झट नै साफ गरिदिएको छ । अब झट्ट हेर्दा को हो त क्रान्तिकारी भन्दा च्यानलको शुल्क नतिर्ने बिचौलिया नै क्रान्तिकारी देखिएका छन् । यसरी बिचौलियालाई क्रान्तिकारीजस्तो देखेर क्रान्तिका बीचमा रुमलिनुपरेका नेपालको सञ्चार क्षेत्रका विज्ञहरू लाटो देशको गाँडो तन्नेरी भनेजस्तो देखिन पुगेका छन् । क्लीन फिड नीति कार्यान्वयनका सम्बन्धमा अहिले त्यो क्लीन फिड नीति ल्याइएकोमा बखान गर्नेहरू त भेटिन्छन् तर सफल कार्यान्वयन किन हुन सकेन भनेर आम समीक्षा गर्नेचाहिँ भेटिँदैनन् ।

लोकतन्त्र भनेको नागरिकले आफैँले आफूलाई स्वनियमन गर्ने हो । कसैले कसैलाई जबरजस्ती कोच्याउने होइन । सरकारले क्लीन फिड नीति लागू त गर्यो तर त्यसलाई सरोेकारबालाहरूसँग व्यापकरूपमा परामर्श गरेन । समाजमा सुकिलामुकिला भएर हिँड्ने आकाशपातल बाँध्ने चर्का कुरा गर्ने आफ्ना वरिपरि घुमिरहने र आफूलाई पेशागत सम्भ्रान्त ठान्ने केही निश्चित व्यक्तिहरूको स्वार्थन्धताको प्रभावमा परेर ल्याइएको हुनाले त्यो क्लीन फिड नीतिको सफल कार्यान्वयन हुन सकेन ।

क्लीन फिड नीति लागू गरेपछि नेपालमा टेलिभिजनको विज्ञापन बजार १५ अर्ब १६ करोड पुग्ने र सबै टीभी मालामाल हुने आश्वासनसहितको सपना बाँडिएको थियो । त्यो लागू भएको घोषणा भयो, त्यसको छिद्रबाट त्यसका सूत्रधारहरूले जे–जस्ता क्षणिक लाभ लिन खोजेका थिए, कर आदिका सुविधा लिए, त्यसपछि सबै तैँ चुप मैँ चुप छन् । तर, टीभी सेटअघि बसेर आफूलाई मन परेको च्यानल हेर्ने दर्शकले च्यानल हेर्नभन्दा टीभी बन्द गरेर बस्न आनन्द मान्छन् । विज्ञापनको समयमा टीभी खाली रहने समयको विरक्ती विदेशी च्यानलमा आउने विज्ञापन हटाएपछि त्यसमा नेपाली विज्ञापन प्रतिस्थापन गरिनुपर्दथ्यो, कि त त्यो खाली आउने समय कटाइनु पर्दथ्यो । त्यो सामथ्र्य क्लीन फिड नीतिका सूत्राधारहरूसँग छैन । उनीहरू विषयगत ज्ञाता पनि होइनन्, लाटो देशका गाडो तन्नेरी भनेजस्ता मात्र हुन् । बौद्धिक वा त्यस्तो समाथ्र्य राख्दैन भन्ने कुरा अहिलेका घटनाक्रमले स्पष्ट पार्दै गएको छ । आफूलाई लोकतन्त्रको पर्याय ठान्ने सरकारले यस्तै लण्ठाधिराजहरूको प्रभावमा परेर उनीहरूको स्वार्थसिद्धका लागि यसैगरी सञ्चार क्षेत्रका नीतिनियम बनाउँदै जाँदा सृष्टिका क्रममा भगवान् ब्रह्माले नयाँ जन्तु बनाउने चक्करमा नयाँ–नयाँ आकारप्रकारका अङ्ग प्रत्यङ्गको परीक्षण गर्दैै जाँदा उँट नामको विकृत जनावरको स्वरूप निर्माण भएको पौराणिक भनाइलाई बिर्सनु हुँदैन । मौका पाउनेबित्तिकै सनकको भरमा आफ्नो वहदाअनुसारका केही आसेपासे स्वार्थी इर्दगीर्दहरूको आम सञ्चारका विश्वव्यापी मान्यताविपरीत नीति निर्माण गर्दा इतिहासले धिकार्ने दिन आउन सक्छ भन्नेतर्फ अहिले त कसैले ध्यान दिएको देखिँदैन । तर, पछि चेत खुलेको बेला घर्किसकेको हुन पनि सक्छ ।

आफू ठाउँमा भएको मौकामा आफ्नो बोली बिक्ने समयमा आफूलाई मन परेको मान्छेलाई स्थापित गर्ने चाहना यहाँ नदेखिएको होइन । तर, सबैका लागि सधैँका लागि अरुहरूले पहिले गरेजस्तै गर्दा त्यस विवेधकारी एकाङ्गी अदालतलका आदेश परमादेशविपरीत त्यस क्षेत्रका बहुसंख्यक सरोकारवालाहरूको हितविपरीत नीति निर्माण भयो र त्यस्तो नीति लाद्न खोजियो भने त्यसले विद्रोह निम्त्याउनेछ र त्यतिबेला सबै विद्रोहकै पछि हुनेछन् । कसैलाई जोउन कोही पछि लाग्नेछैन । विद्रोहको विश्व इतिहासले यही देखाएको छ । जब पारदर्शिता हुँदैन, जवाफदेहिता हुँदैन अनि त्यसले विद्रोहको भु्रण विकास गर्दछ भन्ने कुरा नाइकेहरूले बुझ्न जरुरी छ । अन्याथा क्लीन फिडको नीतिको जस्तो मात्रै हालत नहोला, किनकि समय र परिस्थिति निकै अघि बढिसकेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x