लघुवित्तहरूद्वारा वित्तीय विवरण सार्वजनिक गर्न ढिलाइ
५५ मध्ये नौवटाको मात्र सार्वजनिक
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्न ढिलाइ गरेका छन् । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार लघुवित्त वित्तीय संस्थाहरूले कुनै पनि त्रैमास सकिएको पहिलो महिनाको मसान्तसम्म वित्तीय विवरण सार्वजनिक गरिसक्नुपर्छ । तर, अहिलेसम्म सञ्चालनमा रहेका ५५ मध्ये नौवटाले मात्रै गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
वित्तीय विवरण सार्वजनिक गरेका लघुवित्त वित्तीय संस्थामध्ये एकाधबाहेक सबैजसोको निष्क्रिय कर्जा बढेको छ भने खुद मुनाफा घटेको छ । आर्थिक वर्ष २०८०/८१ मा आरएसडीसी लघुवित्त वित्तीय संस्थाले १४ करोड ६६ लाख ६८ हजार रूपैयाँ खुद मुनाफा कमाएकोे छ भने निष्क्रिय कर्जा तीन दशमलव ३१ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले १० करोड ७४ लाख ७३ हजार रूपैैयाँ मुनाफा कमाएको थियो भने निष्क्रिय कर्जा दुई दशमलव ३२ प्रतिशत थियो । सपोर्ट लघुवित्त वित्तीय संस्थाले पनि आर्थिक वर्ष २०८०/८१ मा दुई करोड ३८ लाख ४३ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । यो लघुवित्तको निष्क्रिय कर्जा एक दशमलव ६३ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले एक करोड ३६ लाख २२ हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो भने निष्क्रिय कर्जा एक दशमलव ८३ प्रतिशत थियो ।
गुराँस लघुवित्त वित्तीय संस्थाले पनि आर्थिक वर्ष २०८०/८१ मा दुई करोड ५९ लाख ६३ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ भने निष्क्रिय कर्जा दुई दशमलव ४६ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले १६ लाख ७६ हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो भने निष्क्रिय कर्जा छ दशमलव ३६ प्रतिशत थियो ।
आर्थिक वर्ष २०८०/८१ मा हिमालयन लघुवित्त वित्तीय संस्थाले ७५ लाख ५० हजार रूपैयाँ खुद मुनाफा कमाएको छ भने निष्क्रिय कर्जा तीन दशमलव ६५ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले एक करोड ४१ हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो भने निष्क्रिय कर्जा दुई दशमलव ३७ प्रतिशत थियो । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले पनि आर्थिक वर्ष २०८०/८१ मा एक करोड ३९ लाख ६९ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ भने निष्क्रिय कर्जा १३ दशमलव २२ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले चार करोड ८६ लाख सात हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो भने निष्क्रिय कर्जा सात दशमलव ५८ प्रतिशत थियो । फष्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा १७ करोड ४२ लाख ९० हजार रूपैयाँ खुद मुनाफा कमाएको छ भने निष्क्रिय कर्जा दुई दशमलव शून्य सात प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले १९ करोड ८१ लाख ४५ हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो भने निष्क्रिय कर्जा शून्य दशमलव ६६ प्रतिशत थियो ।
लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा पाँच करोड ३४ लाख ७१ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ भने निष्क्रिय कर्जा सात दशमलव ४३ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले छ करोड पाँच लाख ८९ हजार रूपैयाँ खुद नोक्सानी बेहोर्दा निष्क्रिय कर्जा आठ दशमलव ३६ प्रतिशत थियो । मेरो माइक्रोफाइनान्सले पनि आर्थिक वर्ष २०८०/८१ मा २१ करोड ९५ लाख ७३ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ भने निष्क्रिय कर्जा सात दशमलव ६४ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले सात करोड ६४ लाख ६६ हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो भने निष्क्रिय कर्जा पाँच दशमलव ८४ प्रतिशत थियो । युनिक लघुवित्त वित्तीय संस्थाले पनि आर्थिक वर्ष २०८०/८१ मा चार करोड ७९ लाख ५३ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ भने निष्क्रिय कर्जा १२ दशमलव ७४ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले तीन करोड ९० लाख २४ हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो भने निष्क्रिय कर्जा १४ दशमलव ७१ प्रतिशत थियो ।
बैंकिङ क्षेत्रको कुल निक्षेप ६४ खर्ब ३६ अर्ब
बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन एक दिनमा तीन अर्ब रूपैयाँ घटेको छ । राष्ट्र बैंकका अनुसार साउन २१ गते ६४ खर्ब ३९ अर्ब रहेको निक्षेप २२ गते तीन खर्ब घटेर ६४ खर्ब ३६ अर्ब रूपैयाँमा झरेको छ ।
वाणिज्य बैंकहरूको निक्षेप सङ्कलन एक दिनमा तीन खर्ब घटेर रकम ५७ खर्ब सात अर्ब रूपैयाँ कायम भएको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरूको सात खर्ब २९ अर्ब रूपैयाँ कायम छ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा रकम ५१ खर्ब ५० अर्ब रूपैयाँ छ । एक दिनमा बैेंकहरूको कर्जा एक अर्ब रूपैयाँ बढेको छ । वाणिज्य बैंकहरूको कुल कर्जा ४५ खर्ब ५७ अर्ब रूपैयाँ र विकास बैंक र फाइनान्स कम्पनीहरूले प्रवाह गरेको कर्जा पाँच खर्ब ९३ अर्ब रूपैयाँ छ ।
बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८ दशमलव ६० प्रतिशत छ भने अन्तरबैंक ब्याजदर तीन प्रतिशत कायम भएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया