काठमाडौं । यो हप्ता नागरिकरका जीवनसँग गम्भीर प्रकारले खेलवाड गरिएका दुईवटा कुरा प्रकाशमा आए । एउटा मानिसले अत्यधिक प्रयोग गर्ने पानी दूध र तेल सबैभन्दा बढी अखाद्यमा परिणत हुँदैछन् । यस्तो जानकारी कुनै उपभोक्ता समूहले दिएको होइन । सरकारको निकायले गरेको बजारको अनुगमनमा भेटिएको कैफियत भनेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत आर्थिक वर्ष २०८०/८१ मा गरेको खाद्य उद्योग तथा बजार अनुगमन प्रतिवेदन हालै सार्वजनिक भएकोे छ । त्यसमा प्रयोगशालामा गरिएको सम्बन्धित वस्तुका नमुना परीक्षणमा सबैभन्दा गुणस्तरहीन खानेपानी, दूध र तेल रहेको पाइएको हो । आमनागरिकले उपभोग गर्ने खाद्यवस्तु तथा पेयपदार्थ नै सबैभन्दा गुणस्तरहीन हुन्छन् प्रशोधित पिउने पानी भनेर महंगो रकम तिरिएका खानेपानी नै रोगका कारण बन्छन् भने नेपालीका जीवन कति असुरक्षित बनिरहेका छन् भन्ने लेखाजोखा नै हुने अवस्था बाँकी रहेका देखिँदैन ।
यहीबेला सार्वजनिक भएको अझ अर्को विषयले त राज्य र त्यसका सम्पूर्ण संयन्त्रलाई नै गिज्याइरहेको अवस्था छ । त्यो औषधिका नाममा उत्पादन भएका र चिकित्सककै परामर्शमा प्रयोमग समेत भैरहेका औषधिहरूमा भेटिएका कैफियत । नेपाल भूमिमा नै उत्पादन भइरहेको औषधि प्यारासिटामोल इन्फ्युजन र सिप्रोफ्लोक्सासिन ड्रप मानव स्वास्थ्यका लागि झन् ठूलो घातक रहेको देखियो । यी उत्पादन एभरेस्ट प्यारेन्टेरल्स प्रालिका नामबाट उत्पादन भइरहेको पाइएको भनेर कैफियत सार्वजनिक भइरहेका छन् । यीमध्येका प्यारासिटामोल अत्यधिक प्रयोग हुने औषधिको प्रकारमा पर्छ । वृद्धदेखि बालबालिकालगायत सबै उमेरका मानिसले प्रायः सबै रोगमा यसको प्रयोग भएको देखिन्छ । यस्तो संवेदनशील औषधीय वस्तुमा नै मानव स्वास्थ्यका लागि प्रतिकूल ब्याक्टेरियासहितका विषाक्तता भेटिएका छन् भने त्यो सामान्य कुरा होइन । यहाँ उल्लेख भएको सिप्रोफ्लोक्सासिन ड्रप आँखामा हाल्ने औषधि हो । आँखा मानवशरीरको सबैभन्दा संवेदनशील अंग मानिन्छ । त्यसमा पनि यस्ता कैफियत भेटिन्छन् भने या अक्ष्यम्य अपराध हो । तर त्यसका लागि कोही पनि दण्डित भएको पाइएका छैन । यसका उत्पादनकर्ताहरू एकताका मानिसलाई गुन लगाएकोमा पर्छन् । संसारभर कोभिड महामारी फैलिएका बेलामा त्यसको भाइरस परीक्षणका लागि भीटीएम किट उत्पादन गरेर यो कम्पनीले मानवहितको काम गरेकै हो तर पछिल्लो समयका उल्लेखित कैफियतका लागि भने दण्ड दिनैपर्ने हुन्छ ।
उल्लेखित नामका औषधि उत्पादन मितिका हिसाबले धेरै पुराना पनि होइनन् । सन् २०२३ मा उत्पादन भएको र २०२५ अक्टोवरमा एक्सपायरी हुने ब्याच नम्बर सीटीएल ०२१ को प्यारासिटामोल इन्फ्युजन र २०२४ मा उत्पादन भएको र जनवरी २०२६ मा म्याद सकिने ईसीई २२१ ब्याच नम्बर रहेको सिप्रोफ्लोक्सासिन ड्रपका प्रयोग मिति एक वर्षभन्दा बढी र दुई वर्षसम्म रहेको देखिन्छ । यसले पुरानो भएको भन्ने अवस्था पनि रहन दिँदैन । सामान्य जरो आउँदा प्रयोग गर्ने सिटामोल र आँखामा हाल्ने औषधि कतिपय अवस्थामा साधारण नागरिकले चिकित्सकलाई भेट्नुभन्दा पहिले नै प्रयोग गर्ने प्रचलन व्यापक छ । यस्तोमा ती औषधिले बढी जोखिम बढाउने अवस्था रहन्छ । त्यसकारण पनि यी उत्पादनमा भेटिएका कैफियत सामान्य प्रकारका होइनन् । राज्यले त्यसै प्रकारले व्यवस्थापन गर्नुपर्छ । तर खाद्यलगायत औषधीयरूपमा प्रयोग हुने यस्ता वस्तुहरूमा देखिने कैफियतलाई केही समयपछि सामसुम पार्ने चलन छ । यस्तो कामले नागरिकमा राज्यप्रति नै अविश्वास बढाउँछ । यसप्रति स्वास्थ्यको नयाँ नेतृत्वको ध्यान जाओस् ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
- म्याग्दीमा करिब तीन हजार उद्योग
- दोहोरो अंकले घट्यो नेप्से
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया