किन अस्थिर बन्दै गइरहेको छ सेयरबजार ?
काठमाडौं । विश्व सेयरबजार पछिल्लो समय अस्थिर बन्दै गएको छ । अमेरिकामा सम्भावित मन्दीको डरले गर्दा पनि हुन सक्छ, विश्वबजारले उल्लेखनीय गिरावटको अनुभव गरेको छ । पछिल्लो समय जापानको निक्केई इन्डेक्स १२ प्रतिशतभन्दा बढीले घटेको छ, जुन सन १९८७ पछिको सबैभन्दा खराब अवस्था हो । धेरै विश्लेषकहरूको भनाइअनुसार यो अवस्था आउनुको प्रमुख कारण पछिल्लो समयको अमेरिकी अर्थतन्त्र र सम्भावित मन्दी हो । विश्लेषकले अगस्टलाई ऐतिहासिकरूपमा अस्थिर भएको प्रतिक्रिया दिएका छन् । अगस्त २०२४ सम्म विश्वव्यापी सेयरबजारले विभिन्न क्षेत्रीय परिणामहरू र महत्वपूर्ण क्षेत्रीय भिन्नताहरूसहित मिश्रित प्रदर्शनको अनुभव गरिरहेको छ ।
अमेरिकी बजार गतिशीलता छ । टेक्नोलोजी स्टकहरू विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्ससँग जोडिएका स्टकहरूले पुल ब्याकको सामना गर्नुपरेको छ । यद्यपि उपयोगिता र मूल्य स्टकजस्ता केही क्षेत्रहरूले लचिलोपन र वृद्धि पनि देखाइसकेका छन् । मर्निङस्टार युएस फाइनान्सियल सर्भिस इन्डेक्स गत महिना छ दशमलव ९३ प्रतिशतले बढेको छ । फेडरल रिजर्भले सेप्टेम्बर २०२४ सम्ममा ब्याजदरहरू कटौती गर्न सुरु गर्ने अपेक्षा गरिएको छ, जसले बजारको गतिशीलतामा महत्वपूर्ण प्रभाव पार्न सक्छ ।
युरोपेली सेयरबजारमा पनि पछिल्लो समय निकै उतारचढावहरू देखिएका छन् । युरोपेली बजारहरू भू–राजनीतिक तनाव र आर्थिक अनिश्चितताबाट चुनौतीहरूको सामना गरिरहेका छन् । पछिल्लो समय दक्षिण एसियाली मुलुकको सेयरबजार पनि अस्थिर बन्दै गएको छ । भारत, पाकिस्तान, श्रीलंका, बगलादेश, चीनलगायतका देशहरूको सेयरबजार पनि अस्थिर देखिएको छ । विश्वका महाशक्ति राष्ट्रहरू अमेरिका, चीन, जापान, रुसलगायतका राष्ट्रहरूबीचको शक्तिसञ्चय गर्ने प्रतिस्पर्धाले विश्वमा पहिलो को ? भन्ने मान्यताई स्थापित गर्न खोजिरहेका छन् । यसबीचमा साना राष्ट्रहरू भन्ने आन्तरिक, तथा बाह्य द्वन्द्वले कमजोर बनेका छन् । यसले ती राष्ट्रहरूको अर्थतन्त्र, उत्पादन तथा रोजगारी, शिक्षा, स्वास्थ्य सबै क्षेत्रलाई कमजोर बनाएको छ । रसिया र युक्रेनबीचको द्वन्द्व, इजरायल र हमासबीचको द्वन्द्व, लेवनानको पछिल्लो अवस्था, श्रीलंकाको अवस्था, पछिल्लो समय बंगलादेशमा देखिएको राजनीतिक अस्थिरता आदिले पनि विश्व सेयरबजार तरंगित बनेको छ । विशेषगरी द्वन्द्वकै कारण सिङ्गो विश्वको अर्थतन्त्र कमजोर बन्दै गएको छ । यसले गर्दा विश्वको श्रमबजार, उत्पादन बजार र उपभोग बजारबीचको चक्र बिथोलिएको छ । यसको नकारात्मक असर उत्पादन र रोजगारी हुँदै सेयरबजारमा पनि देखिएको छ । तर विश्व सेयरबजार यसरी तरंगित बनेको समयमा नेपालको सेयरबजारले भने दिनदिनै नयाँ रेर्कड कायम गरिरहेको छ । यसअघि प्र्रचण्ड नेतृत्वको माओवादी पार्टीको सरकार र अर्थमन्त्रीको रूपमा वर्षमान पुन अनन्त हुँदा सेयरबजार निरन्तर घटेर १७ सय अंकको वरिपरि घुमिरहेको थियो भने दैनिक दुई अर्बको हाराहारीमा सेयर किनबेच हुने गरेको थियो ।
तर अहिले सरकार र अर्थमन्त्री फेरिएसँगै सेयरबजारको यात्रा पनि फेरिएको छ । हिजोका दिनहरूमा निरन्तर ओरालो लागेको सेयरबजार परिसूचक नेप्से आजका दिनहरूमा निरन्तर उकालो लागिरहेको छ । कारोबार रकमले पनि नयाँ रेकर्ड कायम गरेको छ । हिजोका दिनमा दैनिक केही अर्बको कारोबार हुने गरेको नेपालको सेयरबजारमा अहिले दैनिकजसो १५ अर्बभन्दा बढीको सेयर किनबेच हुने गरेको छ ।
साप्ताहिकरूपमा हिजोका दिनमा १५ देखि २० अर्बको कारोबार हुने गरेकोमा अहिले नेप्सेको साप्ताहिक कारोबार रकम एक खर्बको हाराहारीमा पुग्ने गरेको छ । यो अवस्था कसरी सम्भव भयो ? यसको सटिक जवाफ आजको दिनसम्म कसैले दिन सकेको छैन । सरकार प्रमुख र अर्थमन्त्री परिवर्तन हुँदैमा देशको अवस्था परिवर्तन भएको छैन, अर्थतन्त्र परिवर्तन भएको छैन । उत्पादन र रोजगारीको अवस्थामा परिवर्तन भएको छैन, सरकारले गर्ने खर्चमा कुनै परिवर्तन भएको छैन, निर्माण व्यवसायीहरूको अर्बौँ रुपैयाँको बक्यौता भुक्तानी हुन सकेको छैन । यो अवस्थामा सेयरबजार एकाएक कसरी बढ्यो । सेयरबजारमा कसरी आयो दैनिक २० देखि २५ अर्ब ? यसको लेखाजोखा हुनुपर्छ । जब सिंगो मुलुकको राजनीतिकबाहेक आर्थिक अवस्थामा, उत्पादन र रोजगारीका अवस्थामा आम्दानीको अवस्थामा कुनै सकारात्मक परिवर्तन आएको छैन भने सेयरबजारमा मात्र कसरी आयो सकारात्मक परिवर्तनको कारण खोजिनुपर्छ ।
कुनै एक समयमा प्रधानमन्त्री समेत भएका डा बावुराम भट्टराईले नेपालको सेयरबजारलाई जुवा घरको संज्ञा दिएका थिए । के मुलुकको सिंगो अर्थतन्त्र कमजोर भएको बेला सेयरबजार मात्र बढ्नुले जुवा घर नै हो भन्ने कुरालाई पुष्टि गरेको हो ? कारण खोजिनुपर्छ । अहिलेको अवस्थामा मुलुकको सेयरबजार बढेको हो वा कृतिमरूपमा बढाइएको हो, सत्य तथ्य खोजिनुपर्छ । यदि यसो नहुँदो हो त सेयरबजारमा यति छोटो समयमा यति धेरै उतारचढाव कसरी सम्भव भयो ? नेकपा एमाले र नेपाली काँग्रेसको मिलेमतोमा भने प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार, अर्थमन्त्री विष्णु पौडेल आउँदैमा सेयरबजारले कसरी यो उचाइ हाँसिल गर्यो ? कारण खोजिनुपर्छ । नेपालका सेयर विश्लेषकहरूले लगानीकर्ताहरूको मनोबल बढेकाले सेयरबजार बढेको हो भन्दै आएका छन् । के मनोबल मात्र बढ्नाले सेयरबजार बढ्छ ? मुलुकको अर्थतन्त्र सही ट्र्याकमा जान्छ ? मुलुकको अर्थतन्त्रमा सुधार आउँछ ? यदि त्यस्तो हो भने नेपाल स्टक एक्सचेन्जमा सूचीकृत धेरैजसो कम्पनीहरूको अवस्था कमजोर छ । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीहरूमा निष्क्रिय कर्जा उच्चरूपमा बढेका छन् । खुद नाफा घटेको छ । सञ्चालन खर्च बढेको छ । धेरैजसो कम्पनीहरूको लाभांश वितरण गर्ने क्षमता ऋणात्मक रहेको छ । तर तिनै कम्पनीहरूले सेयर मूल्यमा सकारात्मक सर्किट, लागेको छ । यो कसरी सम्भव भयो ? नेपालको सेयरबजारलाई कसले चलाइरहेको छ ? कसरी चलिरहेको छ । कुन तह र तप्काका व्यक्ति तथा समूहहरूको स्वार्थअनुसार नेपालको सेयर मार्केट चलाइएको छ ? खोजीको विषय बन्नुपर्छ । यदि यसो गरिएन भने सेयरबजार घट्दा पनि बढ्दा पनि गुमाउनेमा सर्वसाधारण लगानीकर्ताहरू पर्ने छन् भने घट्दा पनि बढ्दा पनि कमाउनेमा तिनै ठूला लगानीकर्ताहरू पर्नेछन् । जसको स्वार्थअनुसार नेपालको सेयरबजार चलेको छ, चलाइएको छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया