Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमृद्धि फाइनान्सको औरही शाखाद्वारा वृक्षारोपण

समृद्धि फाइनान्सको औरही शाखाद्वारा वृक्षारोपण


काठमाडौं । समृद्धि फाइनान्सको औरही शाखाले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सका अनुसार बिहीबार ब्रम्स्थान मन्दिर र जनता आधारभूत स्कुल औरही १ परिसरमा विभिन्न फलफूल र फूलका २७ वटा बोट लगाई उक्त कार्यक्रम सम्पन्न गरिएको हो । श्रावण पहिलो साताबाट सुरु भएको वृक्षारोपण कार्यक्रम श्रावण महिनाभित्र फाइनान्सका अन्य शाखाहरूबाट पनि सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।

समृद्धि फाइनान्सले हाल १३ वटा शाखाहरूमार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोड आदि डिजिटल सुविधाहरू निःशुल्क प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x